Wed. May 1st, 2024

काठमाडौँ ,चैत्र २५। यस अघि थुप्रै म्युजिक भिडियो निर्देशन गरि सफलता हाशिल गरेका निकेश खड्का अब भने फिल्म निर्देशन गर्ने भएका छन् । उंनले निर्देशन गर्न लाएको पहिलो फिल्म `जिन्दगी रक्स्`को मंगलबार राजधानीमा एक औपचारिक कार्यक्रम बीच निर्माता संघका अध्यक्ष राजकुमार राई र चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय लगायत कलाकारले दीप प्रज्वलन गरि शुभमुहुर्त गरिएको छ।
भि प्रोडक्सन एण्ड निकेश क्रियशन को ब्यनरमा निर्माण हुन लागेको फिल्म ” जिन्दगि रक्स ” मा रोमान्टिक कमेडी का साथै युवाहरुको जीवनशैली र लभ स्टोरीलाइ रमाइलो ढंगमा पर्दामा उतारिने निर्देशक खड्काले बताए ।
फिल्ममा भिजे तथा मोडेल अकेशा बिष्ट अनि यस अघि थुप्रै भिडियो खेलेका कलाकार सौरमराज तुलाधरले डेब्यु गर्दैछन । केकी अधिकारी, सोनाम पाख्रिन, ऋचा शर्मा, राजेन्द्र खड्की, बिनोद मैनाली, बिक्की पुलामी पनि फिल्ममा देखिदैछन । निर्देशक तथा कलाकार निश्चल बस्नेत, सुबेक्षा खड्का, पकृति श्रेष्ठ आदि कलाकारको पनि `जिन्दगी रक्स्`मा बिशेष भूमिकारहनेछ ।
फिल्मको संगीत सुगम पोखरेल र कमल खत्रीको रहनेछ । भिजेको रुपमा परिचय बनाएकी सुजिता श्रेष्ठ निर्माता रहने फिल्मको छायांकन आउँदो आइतबारदेखि सुरु हुनेछ। काठमाण्डौ, पोखरा, नारायणघाट आदि स्थानमा शुटिंग गरिने फिल्मलाई हरि हुमागाईंले खिच्नेछन् । फिल्मको लागि ६५ लाख बजेट छुट्टयाइएको समेत कार्यक्रममा जानकारी गराइयो। फिल्मकी निर्मात्री सुजित श्रेष्ठले आफुलाई बाबाले पैसा लगानी गरिदिएकाले फिल्म बनाउन लागेको भन्दै सबैलाई साथ् दिन आग्रह गरिन ।

%d bloggers like this: