Fri. Apr 19th, 2024

काठमाडौं, २४ चैत । नेपाली चलचित्र ‘भीमदत्त’ अमेरिकाको न्युयोर्कमा रेड कार्पेटसँगै प्रिमियर सो गरिएको छ । न्युयोर्कको कुइन्सस्थित ‘सेन्टर सिनेमा हल’ मा गरिएको प्रिमियरमा बाक्लो दर्शकको उपस्थिति रहेको चलचित्रका निर्देशक हिमग्याप लामा ‘तासी’ले जानकारी गराए । उनका अनुसार प्रिमियर रेड कार्पेटमा नेपाली समुदायका अगुवा, राजनीतिक कार्यकर्ता, समाजसेवी, व्यावसायी, कलाकार एवं पत्रकारको उल्लेख्य सहभागिता थियो ।
अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीबाट चलचित्र निर्देशनमा औपचारिक शिक्षा लिएका निदेृशक हिमग्याप अहिले उतै छन् । उनी नेपाल आएका बेला ‘भीमदत्त’ को निदेृशन गर्न भ्याएका हुन् । निर्माता तथा अभिनेता नवल खड्का निर्मित ‘भीमदत्र’ चलचित्र जाँच पास शाखा सेन्सरले केही दृश्य र संवादमा अंकुस लगाएपछि चर्चामा रहेको छ । यसैबेला चलचित्रको अमेरिकामा प्रिमियर गरिएको हो । निर्माता खड्काले सेन्सरले काट्न भनेको दृश्य नहटाइ चलचित्र प्रदर्शन गर्ने अढान लिएका छन् । सुदूरपश्चिम डडेलधुराका किसान नेता भीमदत्त पन्तको राजनीति जीवनीमा आधारित यस चलचित्रको १२ दृश्य तथा संवादलाई सेन्सर बोर्डले ‘हाइड’ गर्न भनेको छ ।


चलचित्रमार्पmत राणााकालिन अवस्थाको नेपाली समाज र वर्तमान लोकतान्त्रिक नेपालको राजनीतिक घटनाक्रमलाई दर्शकमाmभ उजागर गर्ने उद्देश्य भएकाले पनि कुनै दृश्य र संवाद हटाउन आवश्यक नरहेको निर्माणपक्षले जिकिर गर्दै आएका छन् ।
दर्शकसँग पहिलोपटक सँगै बसेर हेरेका निर्देशक हिमग्याप लामाले ‘भीमदत्त’ अमेरिकामा बस्दै आएका अधिकांश दर्शकले रुचाएको बताए । उनले केही दिनमै न्युयोर्कलगायत अमेरिकाको विभिन्न राज्यमा पनि चलचित्र प्रर्दशन गर्ने चाँजोपाँजो मिलाउँदै गरेको सुनाए । चलचित्रमा नवलले भीमदत्त पन्तको भूमिका गरेका छन् ।

‘भीमदत्र’ को प्रिमियर कार्यक्रममा निर्देशक हिमग्याम लामा ‘टासी’

 

%d bloggers like this: