Fri. Apr 26th, 2024

मुम्बई, २५ चैत (एजेन्सी) । पूर्वमिस वल्र्ड तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन फिल्ममा ‘कम्ब्याक’ हुने हल्ला चलिरहेकै बेला आमा बन्ने समाचार सार्वजनिक भएको छ । पहिलो सन्तानको आमा बनेपछि फिल्म दुनियाँबाट एकाएक टाडा भएकी ऐश्वर्या फिल्ममा ‘कम्ब्याक’  हुँदैछिन् भन्ने केही महिनायता हल्ला चलिरहेको हो तर यसैबेला उनी दोस्रो सन्तानकी आमा बन्न लागेको खबर आएको छ ।
भारतीय मिडियाले, ‘बच्चन परिवारमा नयाँ सदस्य थपिने भएको छ । बीबी अर्थात अभिताभ बच्चन फेरि हजुरबा बन्दैछन्’ भनि उल्लेख गरेका छन् । समाचारमा बताइएअनुसार ऐश्वर्या यतिखेर दोस्रो सन्तानको आमा बन्ने योजनामा छिन् । उनलाई अहिले फिल्म भन्दा दोस्रो सन्तानलाई प्राथमिकता दिएकी छन् तर यस विषयमा बच्चन परिवारले केही बताएका छैनन् ।
ऐश्वर्याले एक अन्तर्वातामा भनेकी छन्, ‘फिल्मका लागि  समय निकाल्छु भनेर सोचेकी छैन । फेरि अहिले छोरी आराध्याको   पालन–पोषण र आफ्नो प्रोफेशनल कमिटमेन्ट्स पूरा गर्नमै व्यस्त छु ।’ ऐश्वर्या मातृत्व सुखमा रमाइरहेको पनि छन् भने उनी दोस्रो सन्तानप्रति उत्ति नै उत्सुक छिन् । आमा बने यता ऐश्वर्या फिल्ममा खाशै नदेखिए पनि केही ब्रान्ड कम्पनीका विज्ञापनहरु गर्दै आएकी छन् ।

%d bloggers like this: