Thu. Apr 25th, 2024

काठमाडौं, २३ चैत । दिन ढल्किँदै जाँदा शनिबार बालकुमारीस्थित १९९९ एडी पार्टी प्यालेसमा फेसन पारखीको जमघट बढ्दै थियो । साँझ ७ बजे बत्तीको प्रकाशसँगै साडीमा मोडलहरू ¥याम्पमा निस्केपछि सुरु भएको माहोल करिब ४ घन्टा फेसनमय भएको थियो । उक्त अवसर गजिर्यस इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘जिआइएफटी’ र १९९९ एडी पार्टी प्यालेसले जुराएको थियो ।
राइज ग्लोबलको इभेन्ट मेनेजमेन्टमा आयोजना भएको ‘गर्जियस अटायर फेसन सो–२०१४’ नाम दिइएको फेसन सोमा १६ फिमेल मोडलले विभिन्न फेसन डिजाइनरका क्रियसन प्रस्तुत गरेका थिए । ‘जिआइएफटी’ का फेसन डिजाइनरका विद्यार्थीको क्रियसन प्रवद्र्धन तथा मोडलको प्रतिभा उजागर गर्ने ध्येयले आयोजना गरिएको ‘गर्जियस अटायर फेसन सो’ मा मोडलहरूले साडी, लेहेंगा, वानपिस, इभिनिङ गाउन र समरवेयरमा ¥याम्प नापेका थिए । मोडलहरू ‘जिआइएफटी’ का निर्देशक तथा फेसन डिजाइनर शोभा महर्जनको समरवेयर क्रियसनमा -याम्पमा उत्रन्दा तालीले हल गुञ्जायनमा भएको थियो ।

3
१६ मोडलले १८ जना फेसन डिजाइनरका क्रियसन प्रस्तुत गरेका सोमा साडी, वानपिस र समरवेयर सिक्वेन्स उपस्थित दर्शकले बढी रुचाए । ‘यु’ आकारमा बनाइएको स्टेजमा मोडलहरू वानपिसमा निस्कँदा दर्शकबाट ‘वान्समोर’ आएको थियो । अर्चना शाक्य, ममता श्रेष्ठ, शोभा महर्जन, रश्मि महर्जन, लिन्डा गुरुङ, विविसना बज्राचार्य, विमला महर्जन, रेखा महर्जन मुस्कान महर्जन, मीनु श्रेष्ठ, कृष्टिना श्रेष्ठलगायत फेसन डिजाइनरका क्रियसनमा मिस नेवाः ११३४ की विजेता अलिशा बज्राचार्य पनि लोभिइन् । कार्यक्रममा अतिथि बन्न पुगेकी अलिशाले भनिन्, ‘समरवेयर, गाउन र साडी सिक्वेन्स राम्रो लाग्यो ।’ आयुशी शाहको  कोरियोग्राफीमा स्टेजमा उत्रिएका नयाँ तथा पुराना मोडलको दमदार प्रस्तुत देखेर नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धर पनि लोभिइन् । उनी भन्दै थिइन्, ‘फेसन क्रियसन र मोडलको कन्भिनेसन मलाई मनप¥यो ।’
‘गर्जियस अटायर फेसन सो’ को यो दोस्रो संस्करण हो । २०१२ देखि फेसन सो गर्न सुरु गरेको जनाउँदै १९९९ एडी तथा बुटिक एसोसियनस नेपालका अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठले भने, ‘मोडललाई एक्टिभ र डिजाइनर क्रियटिभ गर्ने ध्येयले फेसन सोको सुरुआत गरेका हौँ ।’ फेसन सो फेसन पारखीका लागि समेत भएको बताए ।
1

2

%d bloggers like this: