Tue. Apr 23rd, 2024

काठमाडौं, २४ चैत । पहिलोपटक राजधानीमा अन्तर्राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसनल–२०१४’ हुने भएको छ । इप्लानेटले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । संस्कृति, सम्पदा तथा पर्यटनलाई लक्षित गरी प्रतियोगिता नेपालमा गर्न लागेको जनाइएको छ । यो प्रतियोगिता अफ्रिकी मुलुक जिम्बाबेबाट सुरु भएको हो ।
कार्यक्रममा सिंगापुरबाट आएकी टीकेएस एन्ड सन्स प्रालिकी  बेभर्ली टान र शिवकुमारले ‘मिस हेरिटेज इन्टरनेशनल’ बिजेताका लागि क्राउन प्रायोजन गर्ने घोषणा गरे । उनीहरूले १० हजार डलर (नेपाली १० लाख रुपियाँ) बराबरको हीराजडित क्राउन प्रायोजन गर्ने जनाएका छन् ।
कार्यक्रममा बेभर्ली र शिवले इप्लानेटका अध्यक्ष सन्तोष सापकोटालाई मायाको चिनो सुनको जलप लगाइएको घोडा प्रदान गरेका थिए । प्रतियोगिता आयोजनाबारे सम्झौता गर्न जिम्बाबेको सिपिती मिडियाका तर्पmबाट कुल्भिन माभुंगा र इमान्युएल निकोलास्ट रन्डोजाई काठमाडौं आएका छन् । तर, उनीहरू कार्यक्रममा भने देखिएनन् ।
सन् २०११ देखि सुरु गरिएको सौन्दर्य प्रतियोगिताले नेपालजस्ता मुलुकलाई विश्व समुदायबीच चिनाउन मद्दत गर्ने आयोजकको विश्वास छ । प्रतियोगितामा चीन, दक्षिण कोरिया, भारत, थाइल्यान्ड, भेनेजुएला, रुस, इटाली, फिनल्यान्ड, न्युजिल्यान्ड, कोलम्बिया, दक्षिण अफ्रिका, स्विडेन, जिम्बाबे, घानालगायत सातै महादेशका ३० भन्दा बढी मुलुकका सुन्दरीलाई सहभागी गराउने आयोजकले लक्ष्य लिएको छ ।

https://mail-attachment.googleusercontent.com/attachment/?view=att&th=1453c49940572e6b&attid=0.1&disp=inline&realattid=f_htppg22h2&safe=1&zw&saduie=AG9B_P_awbiPf2ni-uYBLwUNAJBn&sadet=1396888484814&sads=gwe2EUYzPr5yTSDeomgYYekTjvw

%d bloggers like this: