Wed. Dec 7th, 2022

काठमाडौं, २३ चैत । चलचित्र ‘मनले मनलाई छुन्छ’ आउँदो शुक्रबारबाट देशभर एकसाथ रिलिज हुँदैछ । यो चलचित्र निर्माणपक्षका लागि मात्र नभइ दर्शकका लागि पनि विशेष मानिएको छ । ‘मनले मनलाई छुन्छ’ निर्देशक स्वं शिव रेग्मीको अन्तिम चलचित्र हो । नेपाली चलचित्र क्षेत्रमा फरक पहिचान बनाएका स्वं रेग्मी सयंमले पनि भनेका थिए, ‘मनले मनलाई छुन्छ’ मेरो आशालाग्दो चलचित्र हो ।’ ‘सुख दुःख’, ‘आफ्नो मान्छे’जस्ता ब्लकबस्टर नेपाली चलचित्र क्षेत्रलाई दिएका रेग्मीको अन्तिम कृति भएकाले पनि यो दर्शकका लागि विशेष चलचित्र भएको निर्मातासमेत रहेका अभिनेता विरेन श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘स्व. शिव रेग्मीलाई माया गर्ने सम्पूर्ण चलचित्रप्रेमीले एकपटक ‘मनले मनलाई छुन्छ’ हेर्नु आवश्यक छ ।’ सुनिल सिटौला र विरेनद्वारा संयुक्त रुपमा निर्मित यस चलचित्रमा विरेन, गरिमा पन्त र सुमन शाहीको मुख्य अभिनय छ ।