‘नाइँ नभन्नू ल–२’ को आक्रामक ओपनिङ

शुक्रवारदेखि रिलिज फिल्म ‘नाइँ नभन्नू ल–२’ले अपेक्षा गरेभन्दा राम्रो ब्यापार भएको बताइको छ । राजधानीका विभिन्न हलका सञ्चालकका अनुसार शुक्रवारको भन्दा शनिवारको शोमा दर्शक दोब्बरले बढेका छन् । फिल्म बितरक गोबिन्द शाहीका अनुसार मल्टिप्लेक्स र सिंगल स्क्रिन दुबैतिर फिल्मले आक्रामक ब्यापार गरेको छ ।
विकास आचार्य निर्देशित प्रेमकथामा आधारित फिल्म ‘नाइँ नभन्नू ल–२’ मा बालबालिकाको मित्रताको कथा देखाइएको छ । उनीहरूबीचको आत्मीयतालाई देखाइएको फिल्मको कथासँग जोडिएका गीत पनि हिट भइसकेका छन् । ‘मर्ने कसैलाई रहर हुँदैन’ र ‘यी आँखामा तिमी छौ’ फिल्म रिलिजअघि नै रुचाइएकाले ओपनिङ कलेक्सन राम्रो भएको हो ।

Read More

सोहा भन्छिन्, आइफामा जान्नँ, मतधिकारको प्रयोग गर्छु

बलिउड अभिनेत्री सोहा अली खान यसपटक ‘आइफा अवार्ड’ मा सहभागी नहुने भएकी छन् । २४ अप्रिलमा हुने लोकसभामा आफ्नो मताधिकार प्रयोग गर्नलाई अमेरिकाको फ्लोरिडामा हुन गइरहेको अवार्ड समारोहमा सहभागी नहुने सोहाले बताएकी छन् । उनले भनिन्, ‘आइफा अवार्ड र चुनाव एउटै समयमा परेकाले सहभागी नहुने निर्णय गरेकी हुँ ।’

Read More

हरिबंशको ‘खोक्रो सारंगी’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

हास्य कलाकार हरिबंश आचार्यले स्वर भरेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रवार मात्रै ‘खोक्रो सारङ्गी’ नामक गीत सार्वजनिक भएको हो । गीतमा हरिबंशको स्वर छ । चर्चित गायक÷शब्द संकलक प्रेमराजा महतले संगीत र शब्द सिर्जेका छन् ।
भिडियोमा हरिवंश आचार्य, रुविन गन्दर्भ, लक्षता कुसाङगीलगायतको अभिनय छ । देशको जल्दोबल्दो परिस्थितिलाई ब्यंग्य गर्न खोजिएको छ । सारङ्गीको धुनमा गाइएको गीतको भिडियो राजधानीका अधिकांश सांस्कृतिक स्थलहरुमा छायांङ्कन गरिएको छ । संगीत संयोजन जीवित जल्मीले गरेका हुन् । ( भिडियो हेर्नुहोस्)

Read More

आफ्नैबाट यौन शोषणको शिकार भएको खुलासा

मोडल तथा बलिउड अभिनेत्री कल्की कोचलिनले आफू सानो हुँदा यौन शोषणको शिकार भएको बताएकी छन् । फिल्म ‘जिन्दगी ना मिलेगी दोबारा’ मार्फत चर्चामा आएकी यी अभिनेत्रीले एक टेलिभिजन च्यानलसँगको अन्र्तर्वातामा यस्तो खुलासा गरेकी हुन् । अन्र्तर्वाताका क्रममा उनले सानोमा आफ्नैबाट यौन शोषणको शिकार भएको बताउँदै उक्त कुरा त्यखितेर पब्लिकमा ल्याउन डर लागेकाले मनमै राखेकी बताइन् ।

Read More

रकमा झुम्ने तयारीमा मेनुका

काठमाडौं, २७ चैत । नयाँ वर्ष २०७१ को पूर्वसन्ध्यामा गायिका मेनुका राई रक हाउसमा झुम्दैछिन्, जहाँ आफूसँगै दर्शक तथा श्रोतालाई पनि नचाउने भएकी छन् । रातोपुलस्थित रक हाउस क्याफेमा हुने ‘न्यु इयर कल्चर इभेन्ट–२०७१’ नाम दिइएको सांगीतिक कार्यक्रममा गायिका मेनुकासँगै गायक राज सागरले पनि प्रस्तुति पस्कने । गीतसंगीतसँगै नेपालीको नयाँ वर्ष मनाउँ भन्ने उद्देश्यले कार्यक्रम…

Read More

शान्तिरामको ‘मेरो सँगीत’ सार्वजनिक

विद्यालय स्तरमा पठन पाठनका लागी नेपाल सरकार शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रको स्वीकृतिमा नेपाल म्यूजिक सेन्टरले प्रकाशन गरेको कक्षा ६ को पाठ्यपुस्तक, मेरो सँगीत को सार्वजनिक भएको छ । पुस्तकका लेखक सँगीतकार शान्तिराम राई हुन् ।
सँस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सत्यमोहन जोशी, शिक्षा पत्रकार सँजालका अध्यक्ष इश्वरराज ढकाल, पुस्तकका लेखक शान्तिराम राई, बरिष्ठ गीतकार रत्नशम्शेर थापा,म्यूजिक सेन्टरका सदस्य सचिव सन्तोष शर्मा, सँगीतकार सुरेश अधिकारी, म्यूजिक स्कूलका प्रिन्सिपल इमनविक्रम शाहले सँयुक्त रुपमा विमोचन गरे ।

Read More

आर्यनले बिहेको तयारी गर्नु कि फिल्मको प्रमोशन !

अभिनेता आर्यन सिग्देल दोहोरो चटारोमा परेका छन् । उनलाई फिल्मको प्रमोसन र विवाहको चटारोले पिरोलेको छ । वैशाख दोस्रो हप्ता उनी अभिनीत र निर्मित फिल्म रिलज हुँदै छ भने पहिलो हप्ता पे्रमिका सपना भण्डारीसँग विवाह गर्ने साइत जुरेको छ ।

Read More

‘मेरो प्रयास’ भन्दै आए टिबी

नेपाली सांगीतिक क्षेत्रमा अर्का गायक तथा संगीतकारको उदय भएको छ । यसअघि लोक गायनमा रमाउँदै आएका गायक टिबी पाख्रिन यसपटक आधुनिक गीति एल्बम ‘मेरो प्रयास’ लिएर श्रोतामाझ आएका छन् ।

Read More

कुकुरसँग दाम्पत्य जीवन

एउटी महिलाको जीवनमा त्यस्तो के वज्रपात भयो होला ? जसका कारण सारा पुरुषप्रति उनको भरोसा र विश्वास टुट्यो । र, उनले एक कुकुरलाई जीवनसाथी बनाइन् ।
ब्रिटिस नागरिक अमान्डा रोजर्सले २० वर्षअघि बिहे गरेकी थिइन् । तर, केही महिनामै यो बिहे उनका लागि दुस्वप्न साबित भयो । त्यसपछि पनि उनले केही पुरुषसँग सम्बन्ध गाँसिन् । तर, कसैबाट पनि उनले चाहेको कुरो पाउन सकिनन् ।

Read More

फ्राइडे फिल्मः ‘नाइँ नभन्नू ल–२ ’ र ‘मनले मनलाई छुन्छ’

नयाँ वर्षमा फिल्म हेर्ने दर्शकको मुड छोप्न दुई नेपाली फिल्म कस्सिएका छन् । फिल्म ‘नाइँ नभन्नू ल–२’ र शिव रेग्मी निर्देशित अन्तिम फिल्म ‘मनले मनलाई छुन्छ’ शुक्रवारदेखि रिलिज हुँदै छन् ।
विकास आचार्य निर्देशित प्रेमकथामा आधारित फिल्म ‘नाइँ नभन्नू ल–२ ’ मा बालबालिकाको मित्रताको कथा देखाइएको छ । उनीहरूबीचको आत्मीयतालाई देखाइएको फिल्मको कथासँग जोडिएका गीत पनि हिट भइसकेका छन् । ‘मर्ने कसैलाई रहर हुँदैन’ र ‘यी आँखामा तिमी छौ’ रुचाइएका छन् । शिव रेग्मी निर्देशित ‘मनले मनलाई छुन्छ’ पूर्ण रूपमा प्रेम कथामा आधारित फिल्म हो

Read More