Thu. Mar 28th, 2024

काठमाडौं, २७ चैत । नयाँ वर्ष २०७१ को पूर्वसन्ध्यामा गायिका मेनुका राई रक हाउसमा झुम्दैछिन्, जहाँ आफूसँगै दर्शक तथा श्रोतालाई पनि नचाउने भएकी छन् । रातोपुलस्थित रक हाउस क्याफेमा हुने ‘न्यु इयर कल्चर इभेन्ट–२०७१’ नाम दिइएको सांगीतिक कार्यक्रममा गायिका मेनुकासँगै गायक राज सागरले पनि प्रस्तुति पस्कने । गीतसंगीतसँगै नेपालीको नयाँ वर्ष मनाउँ भन्ने उद्देश्यले कार्यक्रम गर्न लागेका आयोजक रक हाउसले जनाएको छ ।
यस वर्षको अन्तिम दिन अर्थात् ३० चैतमा हुने कार्यक्रममा मेनुका र राजका साथमा हास्य कलाकार पवन राई र गजलकार सुवास राईको पनि प्रस्तुती रहने छ । उनीहरुलाई कार्यक्रम प्रस्तोता तुलसी बस्नेतले प्रस्तुत गर्नेछन् ।
नयाँ वर्षको शुभकामना आदान–प्रदानसँगै हुने उक्त कार्यक्रममा आफ्ना चर्चित आधा दर्जन गीत प्रस्तुत गर्ने मेनुकाले बताइन् । हालै मात्र ‘१, २, ३’ नामक एल्बम श्रोतासमक्ष प्रस्तुत गरेकी गायिका मेनुकाले भनिन्, ‘कार्यक्रममा मेरा नयाँ तथा पुराना गीत गाउने छु ।’ मेनुकाका माया आरिसे, म त गाउँकी गोरी, ‘ए प्रिय, नभेटेको भए हुन्थ्यो, देउरालीमा भेटौं, गोधुलीको साँझैमा जस्ता गीत चर्चित छन् । पहिलो एल्बम ‘माया आरिसे’ को शीर्ष गीतबाट गायनमा आफूलाई स्थापित गराएकी मेनुका हजिाआज ‘१, २, ३’ एल्बमको प्रमोसनमा सँगै विभिन्न स्टेज कार्यक्रममा व्यस्त हुँदै आएकी छन् ।

%d bloggers like this: