Fri. Mar 29th, 2024

मुम्बई, २८ चैत (एजेन्सी) । बलिउड अभिनेत्री सोहा अली खान यसपटक ‘आइफा अवार्ड’ मा सहभागी नहुने भएकी छन् । २४ अप्रिलमा हुने लोकसभामा आफ्नो मताधिकार प्रयोग गर्नलाई अमेरिकाको फ्लोरिडामा हुन गइरहेको अवार्ड समारोहमा सहभागी नहुने सोहाले बताएकी छन् । उनले भनिन्, ‘आइफा अवार्ड र चुनाव एउटै समयमा परेकाले सहभागी नहुने निर्णय गरेकी हुँ ।’
आइफा अवार्ड २३ देखि २६ अप्रिलसम्म हुँदै छ, सो समयमै मुम्बईमा लोकसभा चुनाव पनि हुँदै छ । तर, अधिकांश बलिउड हस्ती भने आइफा अवार्ड समारोहमा जाने तयारीमा छन् । त्यसैले धेरैजसो बलिउड हस्तीले यसपटक आफ्नो मतधिकार गुमाउँदै छन् । तर, सोहाले आइफाभन्दा आफ्ना लागि चुनाव नै प्राथमिकतामा रहेको बताइन् । उनले भनिन्, ‘२४ अप्रिलमा हुने मुम्बईको मतदानका दिन म मुम्बईमै हुनेछु किनकि मतदान मेरा लागि प्राथमिकता हो ।’

%d bloggers like this: