Fri. Apr 26th, 2024

काठमाडौं, चैत २७ । नयाँ वर्षमा फिल्म हेर्ने दर्शकको मुड छोप्न दुई नेपाली फिल्म कस्सिएका छन् । फिल्म ‘नाइँ नभन्नू ल–२’ र शिव रेग्मी निर्देशित अन्तिम फिल्म ‘मनले मनलाई छुन्छ’ शुक्रवारदेखि रिलिज हुँदै छन् । manle+manlai+chhunchha+new+nepali+film+2014
विकास आचार्य निर्देशित प्रेमकथामा आधारित फिल्म ‘नाइँ नभन्नू ल–२ ’ मा बालबालिकाको मित्रताको कथा देखाइएको छ । उनीहरूबीचको आत्मीयतालाई देखाइएको फिल्मको कथासँग जोडिएका गीत पनि हिट भइसकेका छन् । ‘मर्ने कसैलाई रहर हुँदैन’ र ‘यी आँखामा तिमी छौ’ रुचाइएका छन् । शिव रेग्मी निर्देशित ‘मनले मनलाई छुन्छ’ पूर्ण रूपमा प्रेम कथामा आधारित फिल्म हो । प्रेम, वियोग र रोमान्स फिल्ममा पाइन्छ भने यसको गीत पनि केही समयअघि नै हिट भइसकेको छ ।
‘नाइँ नभन्नू ल–२’मा जीवन लुइँटेल, प्रियंका कार्की, सुरजसिंह ठकुरी, सरोज खनाल, वर्षा शिवाकोटी, अनुभव रेग्मी र सुज्ञानी भट्टराईले प्रमुख भूमिकामा अभिनय गरेका छन् । त्यसैगरी ‘मनले मनलाई छुन्छ’मा गरिमा पन्त र वीरेन श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका छन् ।
 

%d bloggers like this: