Thu. Apr 25th, 2024

एउटी महिलाको जीवनमा त्यस्तो के वज्रपात भयो होला ? जसका कारण सारा पुरुषप्रति उनको भरोसा र विश्वास टुट्यो । र, उनले एक कुकुरलाई जीवनसाथी बनाइन् ।
ब्रिटिस नागरिक अमान्डा रोजर्सले २० वर्षअघि बिहे गरेकी थिइन् । तर, केही महिनामै यो बिहे उनका लागि दुस्वप्न साबित भयो । त्यसपछि पनि उनले केही पुरुषसँग सम्बन्ध गाँसिन् । तर, कसैबाट पनि उनले चाहेको कुरो पाउन सकिनन् ।
सन् २०१२ मा क्रोएसियाको स्लिटमा करिब दुई सय व्यक्तिको उपस्थितिमा उनले आफ्नो पाल्तु कुकुर शेवासँग बिहे गरिन् । शेवासँग ४७ वर्षीय अमान्डा ‘खुशीले भरिपूर्ण दाम्पत्य जीवन’ बिताइरहेकी छिन् ।
‘शेवा मेरो जिन्दगीको अहम् हिस्सा हो,’ उनले भनिन्, ‘जब म उदास हुन्छु, ऊ मलाई हँसाउँछ । एक जीवनसाथीबाट योभन्दा बढी के अपेक्षा गर्न सकिन्छ ?’
घुँडा टेकेर उनले शेवालाई विवाहको प्रस्ताव गरेकी थिइन् । ‘उसले पुच्छर हल्लाएर ‘हुन्छ’ भन्यो,’ उनले भनिन् ।
यो अनमेल विवाहले कानुनी मान्यता पाउने कुरा भएन । ‘मलाई थाहा छ– हाम्रो बिहेको कानुनी आधार छैन । तर, ऊ मेरो जीवनमा कति महŒवपूर्ण छ भन्ने अभिव्यक्त गर्ने तरिका थियो, विवाह । शेवा मप्रति कहिल्यै कठोर भएन । ऊ सधैँ खुशी रहन्छ । र, म पनि खुशी छु ।’

%d bloggers like this: