Sat. Apr 27th, 2024

काठमाडौं, चैत २९ । शुक्रवारदेखि रिलिज फिल्म ‘नाइँ नभन्नू ल–२’ले अपेक्षा गरेभन्दा राम्रो ब्यापार भएको बताइको छ । राजधानीका विभिन्न हलका सञ्चालकका अनुसार शुक्रवारको भन्दा शनिवारको शोमा दर्शक दोब्बरले बढेका छन् । फिल्म बितरक गोबिन्द शाहीका अनुसार मल्टिप्लेक्स र सिंगल स्क्रिन दुबैतिर फिल्मले आक्रामक ब्यापार गरेको छ ।
विकास आचार्य निर्देशित प्रेमकथामा आधारित फिल्म ‘नाइँ नभन्नू ल–२’ मा बालबालिकाको मित्रताको कथा देखाइएको छ । उनीहरूबीचको आत्मीयतालाई देखाइएको फिल्मको कथासँग जोडिएका गीत पनि हिट भइसकेका छन् । ‘मर्ने कसैलाई रहर हुँदैन’ र ‘यी आँखामा तिमी छौ’ फिल्म रिलिजअघि नै रुचाइएकाले ओपनिङ कलेक्सन राम्रो भएको हो ।
‘नाइँ नभन्नू ल–२’मा जीवन लुइँटेल, प्रियंका कार्की, सुरजसिंह ठकुरी, सरोज खनाल, वर्षा शिवाकोटी, अनुभव रेग्मी र सुज्ञानी भट्टराईले प्रमुख भूमिकामा अभिनय गरेका छन् ।

%d bloggers like this: