Sun. Feb 25th, 2024

काठमाडौं, चैत २८ । हास्य कलाकार हरिबंश आचार्यले स्वर भरेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रवार मात्रै ‘खोक्रो सारङ्गी’ नामक गीत सार्वजनिक भएको हो । गीतमा हरिबंशको स्वर छ । चर्चित गायक\शब्द संकलक प्रेमराजा महतले संगीत र शब्द सिर्जेका छन् । भिडियोमा हरिवंश आचार्य, रुविन गन्दर्भ, लक्षता कुसाङगीलगायतको अभिनय छ । देशको जल्दोबल्दो परिस्थितिलाई ब्यंग्य गर्न खोजिएको छ । सारङ्गीको धुनमा गाइएको गीतको भिडियो राजधानीका अधिकांश सांस्कृतिक स्थलहरुमा छायांङ्कन गरिएको छ । संगीत संयोजन जीवित जल्मीले गरेका हुन् । (भिडियो हेर्नुहोस्)

%d bloggers like this: