बिहेको तयारी छाडी फिल्म प्रमोशनमा आर्यन

बिहेको तयारी छाडी फिल्म प्रमोशनमा आर्यन
नायक आर्यन सिग्देल यतिबेला ताप्लेजुंगको सदरमुकाम फुङलिङ्गमा छन् ।
फिल्म ”नोभेम्बेर रेन ” युनिटसँग प्रोेमोसनको लागि झापा पुगेका उनि फिल्म को सफलताको कामना गर्न पाथिभरा माईको दर्शन गर्न त्यहाँ पुगेका हुन्।
उनि संगै फिल्मका निर्देशक दिनेश राउत, संगीतकार तारा प्रकाश लिम्बु लगायत केहि नजिकका मित्रजन त्यहाँ पुगेका हुन् । बिगत केहि दिन देखि उनीहरु फिल्म प्रोेमोसन गर्दै देश दौडाहामा रहेका छन ।

Read More

एकाउन्नौं दिनमा सकियो ‘सेतोबाघ’

नीर शाह निर्देशित ‘सेतो बाघ’ फिल्मको ५१ औँ दिनमा सुटिङ सकिएको छ । काठमाण्डूको सिनामंगलस्थित एक गार्मेन्टमा लगाइएको सेटबाट सुरु भएको छायाकंन पाटन दरबार संग्राहालय, केशर महल, चितवनको मेघौली, सिंहदरबारस्थित रक्षा मन्त्रालयको बेलायती बैठक हुँदै अन्तिम लोकेशन भक्तपुर कमल बिनायक पुगेर सकाइएको हो ।
सोचे अनुरुप नै काम भएको निर्देशक शाहले बताएका छन् । फिल्मको टिजर चाँडै सार्वजनिक गरिने बताइएको छ ।

Read More

नयाँ वर्ष, नवीन योजना

नव वर्षले जोश जाँगर लिएर आउँछ । बितेको वर्षमा राम्रो गर्न नसकेकाले आउने वर्षमा राम्रो गर्ने आशा राख्छन् भने राम्रो भएकाले थप राम्रो बनोस् भन्ने चाहन्छन् । यसका लागि योजनासमेत बनाउँछन् । केही सेलिब्रिटीहरूका यस वर्षका योजना यसप्रकार छन् ।

Read More

रहेनन् गीतकार क्षेत्रप्रताप अधिकारी

गीतकार तथा कवि क्षेत्रप्रताप अधिकारीको निधन भएको छ । हृदयघातपछि गंगाललाल अस्पताल पु¥याएका उनको आइतबार साँझ निधन भएको छ । अधिकारीलाई शनिबार अचानक हृदयाघात भएपछि अस्पताल पु¥याएको थियो । उनको उपचारकै क्रममा आइतबार बेलुकी ८ बजे अस्पतालले उनलाई मृत घोषित गरेका थिए ।

Read More

दोहोरी गायिका पाएपछि अमेरिकामा खुल्यो दोहोरी साँझ

शहरमा दोहोरी रेस्टुरेन्ट राम्रै चलेका छन् । नेपालीहरु रहेका विदेशी मुलुकमा पनि यो क्रम बढेको छ । तर, अमेरिकामा भने पहिलोपल्ट दोहोरी रेस्टुरेन्ट खुल्ने भएको छ । लोक गायिका निशा सुनार अमेरिका पुगेपछि त्यहाँका नेपालीले प्रत्यक साँझ लाइभ दोहोरीको मज्जा लिन पाउने भएका हुन् । न्युयोर्कको ज्याक्सनहाइटमा रहेको चौतारी रेस्टुरेन्टमा प्रत्यक साँझ निशासँगै लोकदोहोरी गायक विमल डाँगीले नेपालको झल्को दिने भएका छन् ।

Read More

फिल्मको वर्ष समीक्षाः स्वतन्त्र अस्तित्वको बहस

क्यालकुलेटरले देखाउने थोरै÷धेरै अंकलाई मात्रै सफलता÷असफलताको मापदण्ड नमान्ने हो भने नेपाली फिल्म क्षेत्रका लागि २०७० साल सुखद् रह्यो । यो वर्ष रिलिज भएका थोरै फिल्मले व्यापारिक सफलता हासिल गरे । तर, बाँकीको लगानी पनि पूर्ण रूपमा खेर गएको छैन । किनभने, व्यापारिक असफलता भोगेका फिल्म ‘साँघुरो’, ‘सुनगाभा’ ‘मोक्ष’, ‘भिजिलान्ते थ्रीडी’ ‘कर्कश’, ‘मौन’ जस्ता फिल्मले नेपाली फिल्मको स्वतन्त्र अस्तित्वको बहस चलाएर गएका छन् । यसको मुनाफा भविष्यमा नेपाली फिल्म क्षेत्रले प्राप्त गर्नेछ ।
बलिउडको ‘प्रान्त’ भएर विलय हुनै लागेको नेपाली फिल्म क्षेत्रका लागि यो ठूलो उपलब्धि मान्न सकिन्छ । विश्व फिल्म मानचित्रमा नेपाली फिल्मले स्वतन्त्र अस्तित्वको लडाइँका लागि तयार भएको संकेत गर्नु आफैँमा उपलब्धिमूलक हो

Read More

‘न्यु ईयर सेलिब्रेट’ गर्न सनी लियोन काठमाडौंमा

भारतीय मूलकी क्यानेडियन पोर्न स्टार तथा बलिउड अभिनेत्री सनी नियोन नेपाली नयाँ वर्ष मनाउन नेपाल आइपुगेकी छन् । सनी पतिसँग आइतबार बिहान काठमाडौं आइपुगेकी हुन् । स्रोतका अनुसार सनी बौद्धस्थित ह्यात होटलमा बसेकी छन् । ‘न्यु इयर इभ’ स्पेशल कार्यक्रममा सहभागी हुन नेपाल आएकी सनीलाई कामत्य मिडियाले निम्ताएको हो । ‘रागिनी एमएमएस–२’ यी अभिनेत्री आइतबार (आज) साँझ ह्यात होटलमा हुने ‘न्यु इयर ईभ’ कार्यक्रममा प्रस्तुत हुँदैछिन् ।

Read More

प्रियंका के गर्दै थिइन बाग्मतीमा ?

प्रियंका के गर्दै थिइन बाग्मतीमा ?
नायिका प्रियंका कार्कीको प्रमुख भूमिका रहेको शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘नाई न भन्नु ल २‘ यति बेला देशै भर हाउसफूलका साथ चलिरहेको छ। तर उनि शनिबार बिहान भने बाग्मती नदिको किनारमा भेटिन । कुरा बुझ्दै जादा उनित बाग्मती सरसफाइमा आएको रहिछन । जेष्ठ २ गते बाट प्रदर्शनमा आउने फिल्म ‘आवरण‘ युनिटले शनिबार बिहान बागमती सफाई गरेको हो ।
प्रियंका आफ्नो आउदो सिनेमा ‘आवरण‘ अंकित टि-शर्ट लगाई आफ्नो टिमका साथ् बाग्मती सफाईमा संलग्न थिईन । ‘आवरण‘ युनिटले जोरपाटी स्थित नव जागरण बिकास समाज संग मिलेर आज गुहेश्वरी नजिक को खोला किनारमा सरसफाई गरेको हो । सरसफाइमा प्रियंका संगै दिब्य देव , शुशील राज पाण्डे , राजन इशान , निर्माता अनिल योन्जन, निर्देशक सुबास कोइराला र छायाकार हरि हुमागाई संगै अन्य फिल्मकर्मी रहेका थिए ।

Read More

‘तँ पनि पत्रकार!’

राम्रै अंक ल्याएकी थिएँ एसएलसीमा । राम्रो अंक ल्याउनेले ‘राम्रै विषय’ पढ्नुपर्छ भन्नुहुन्थ्यो मेरा आफन्तहरू । उहाँहरूले राम्रा भनेका विषय विज्ञान र व्यवस्थापन थिए । गुरुहरू मलाई ‘साइन्स पढ, डाक्टर बन’ भन्नुहुन्थ्यो । अभिभावकको चाहना मलाई ‘बैँककी हाकिम्नी’ बनाउने थियो । उहाँहरू व्यवस्थापनमा जोड दिनुहुन्थ्यो । मैले कसैको सुनिनँ । आट्र्स अर्थात् मानविकी संकायमा पत्रकारिता र अंग्रेजी साहित्य लिएर पढ्न थालेँ ।

Read More

मण्डलामा सुनिलको ‘रशोमन’

नाटकप्रेमीका लागि खुसीको खबर छ । केही समयको अन्तरालपछि वरिष्ठ रंगकर्मी सुनिल पोखरेल निर्देशित नाटक हेर्न पाइने भएको छ । यही शुक्रवारदेखि उनी अनुवादित÷निर्देशित नाटक ‘रशोमन’ मञ्चन हुने भएको छ । राजधानीस्थित मण्डला थिएटरमा मञ्चन हुने नाटक जापनिज लेखक ¥युनोसुके अगुतावाको लघुकथामा आधारित छ । विश्वका विभिन्न भाषामा अनुवाद गरी देखाइसकिएको नाटकलाई पोखरेलले नेपालीकरण गरी मञ्चन गर्न लागेको बताए ।
सत्य निरपेक्ष हुँदैन भन्ने थिममा सिर्जित उक्त नाटकलाई सुनीलले सन् १९८५ मा दिल्लीमा पढ्दाताका अनुवाद गरेका थिए । उनले भने, ‘नयाँ नाटक देखाउनुप¥यो भनेपछि मैले हातैले लेखेको यो नाटकको अनुवाद भेटाएँ ।’ सत्यलाई हेर्ने चार दृष्टिकोण नाटकमा देखाइएका छन् ।

Read More