Wed. Apr 24th, 2024

काठमाडौँ , चैत्र ३०।  नायिका प्रियंका कार्कीको प्रमुख भूमिका रहेको शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘नाई न भन्नु ल २‘ यति बेला देशै भर हाउसफूलका साथ चलिरहेको छ। तर उनि शनिबार बिहान भने बाग्मती नदिको किनारमा भेटिन । कुरा बुझ्दै जादा उनित बाग्मती सरसफाइमा आएको रहिछन । जेष्ठ २ गते बाट प्रदर्शनमा आउने फिल्म ‘आवरण‘ युनिटले शनिबार बिहान बागमती सफाई गरेको हो ।
प्रियंका आफ्नो आउदो सिनेमा ‘आवरण‘ अंकित टि-शर्ट लगाई आफ्नो टिमका साथ् बाग्मती सफाईमा संलग्न थिईन । ‘आवरण‘ युनिटले जोरपाटी स्थित नव जागरण बिकास समाज संग मिलेर आज गुहेश्वरी नजिक को खोला किनारमा सरसफाई गरेको हो । सरसफाइमा प्रियंका संगै दिब्य देव , शुशील राज पाण्डे , राजन इशान , निर्माता अनिल योन्जन, निर्देशक सुबास कोइराला र छायाकार हरि हुमागाई संगै अन्य फिल्मकर्मी रहेका थिए ।
GPlpybx 
फिल्मका निर्माता योन्जनले बाग्मतीको सफाई संगै सिनेमाको पब्लिसिटी पनि  हुने भएकाले सफाई गरिएको बताए । ‘यदि पब्लिसिटी कै बहानामा हामि झै अन्य सिनेमाले पनि सफाई अभियान थाले साचै बाग्मती सफा हुनेछ’ निर्माता योन्जनले फेरी थपे । यता बाग्मती सफाई गर्दै भेटिएका निर्देशक सुबास कोइरालाले यो अभियानमा अन्य सिनेकर्मीलाई पनि लाग्न आग्रह गरे । निर्देशक कोइरालाले ‘सिनेमाको छायांकन गर्दा हामीले पनि न चाहदा न चाहदै फोहोर गर्न पुग्छौ , त्यसैले सफा गर्न हामि किन पछी हट्ने’ बताए ।
G1dUR3s
 
मान्छेको बाहिरी र भित्रि जीवन निकै फरक हुन्छ, देखेको झैँ हामी हुन सक्दैनौ अर्थात् आवरण फरक हुन्छ ,भन्ने घटनाक्रमलाइ रहस्मय रोचक तरिकाले प्रस्तुत गरेको फिल्म भित्र प्रियंकाको साथमा नरेश पौड्याल, दिव्य देव, सुशिलराज पाण्डे, राजन इशान ,रवि गिरी, रश्मी भट्ट, सुनिता ठाकुर, सिमोनजंग पाण्डे, अनुभव रेग्मी लगायतको अभिनय रहेकोछ । सुबास कोइराला निर्देशित यस सिनेमा मा अनिल योञ्जनसंगै यसमा लक्ष्मी लामा, सविता राई, पवित्रा योञ्जन, रोजन श्रेष्ठको संयुत्त लगानी रहेको छ । रहस्यमय सस्पेन्स कथामा आधारित यस फिल्मलाइ हरी हुमागाइँले  खिचेका हुन् ।

%d bloggers like this: