Fri. Mar 29th, 2024

काठमाडौं, वैशाख १ । नीर शाह निर्देशित ‘सेतो बाघ’  फिल्मको ५१ औँ दिनमा सुटिङ सकिएको छ । काठमाण्डूको सिनामंगलस्थित एक गार्मेन्टमा लगाइएको सेटबाट सुरु भएको छायाकंन पाटन दरबार संग्राहालय, केशर महल, चितवनको मेघौली, सिंहदरबारस्थित  रक्षा मन्त्रालयको बेलायती बैठक हुँदै  अन्तिम लोकेशन भक्तपुर कमल बिनायक पुगेर सकाइएको हो ।
सोचे अनुरुप नै काम भएको निर्देशक शाहले बताएका छन् । फिल्मको टिजर चाँडै सार्वजनिक गरिने बताइएको छ  ।  अधिकांश नयाँ कलाकार लिएर फिल्म सुटिङ गर्ने भनिएपनि केही चर्चित  कलाकारहरु फिल्ममा भित्रिएका छन् । जसअन्र्तगत  मुख्य पात्र जंगबहादुरको भूमिकामा बिएस राणा छन् भने अन्य चर्चित अनुहारहरु राजाराम पौडेल, रवि गिरी तथा पवन मैनाली पनि  फिल्ममा देखिदैछन् ।
दुर्घटनामा घाईते भएका पवनले ११ बर्षको अन्तरालमा सेतो बाघबाट अभिनय पुनः सुरु गरेका हुन । यस ऐतिहासिक फिल्मलाई सञ्जय लामाले खिचेका छन् भने नीरा राणाले भेषभुषा र  निर्जल श्रेष्ठ कला निर्देशनको जिम्मेवारी बहन गरेका छन् ।

%d bloggers like this: