Tue. Apr 23rd, 2024

काठमाडौँ,बैशाख १। नायक आर्यन सिग्देल यतिबेला ताप्लेजुंगको सदरमुकाम फुङलिङ्गमा छन् ।
फिल्म ”नोभेम्बेर रेन ” युनिटसँग प्रोेमोसनको लागि झापा पुगेका उनि फिल्म को सफलताको कामना गर्न पाथिभरा माईको दर्शन गर्न त्यहाँ पुगेका हुन्।
उनि संगै फिल्मका निर्देशक दिनेश राउत, संगीतकार तारा प्रकाश लिम्बु लगायत केहि नजिकका मित्रजन त्यहाँ पुगेका हुन् । बिगत केहि दिन देखि उनीहरु फिल्म प्रोेमोसन गर्दै देश दौडाहामा रहेका छन ।
नायक सिग्देलले ” खासै मठमन्दिर नधाउने भएता पनि फिल्मको सफलताको कामना गर्दै झन्डै ४ घण्टा पैदल हिनेर पाथिभराको दर्शन गरेको बताए ।” साथै नया बर्ष २०७१ अलि फरक शैलीमा मनाउनको निम्ति पनि आफुहरु त्यहाँ पुगेको उनले थपे।
निर्देशक दिनेश राउतले पनि आफुले निकै मेहनत गरेर फिल्म बनाएकाले माई संग सफलताको कामना गर्दै बर मागेको बताए।
उता संगीतकार तारा प्रकाश लिम्बुले बिल्कुलै फरक तरिकामा नया बर्ष मनाउना पाउदा खुसि लागेको बताए।
यहि बैशाख ६ गते विवाह बन्धनमा बाधिन लागेका उनिले विवाह भन्दा पनि नोभेम्बर रेनको रिलिजलाई लिएर निकै एक्साईटेड रहेको कुरा एक अन्तर्वार्तामा बताएका छन् ।
फिल्ममा आर्यनलाई नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङ्सँग रोमान्स गरिरहेको हेर्न पाईनेछ । यही बैशाख १२ गते देखी फिल्म अल नेपाल प्रदर्शन हुँदैछ ।

%d bloggers like this: