Fri. Apr 26th, 2024

काठमाडौं, ३० चैत । गीतकार तथा कवि क्षेत्रप्रताप अधिकारीको निधन भएको छ । हृदयघातपछि गंगाललाल अस्पताल पु¥याएका उनको आइतबार साँझ निधन भएको छ । अधिकारीलाई शनिबार अचानक हृदयाघात भएपछि अस्पताल पु¥याएको थियो । उनको उपचारकै क्रममा आइतबार बेलुकी ८ बजे अस्पतालले उनलाई मृत घोषित गरेका थिए ।
स्वर सम्राट नारायण गोपाले गाएको ‘म त लाली गुराँस भएछु’ जस्ता चर्चित गीतका स्रष्टा अधिकारीका थुप्र्र राष्ट्रिय गीत तथा कविताका प्रकाशित छन् । कुनै जमानामा साझा यातायात वसका कण्डक्टरसमेत रहेका अधिकारीका गीतमा नारायण गोपाल, बच्चुकैलाश, कुन्ती मोक्तानलगायतका गायक÷गायिकाले स्वर दिएका छन् ।

%d bloggers like this: