Fri. Apr 19th, 2024

नव वर्षले जोश जाँगर लिएर आउँछ । बितेको वर्षमा राम्रो गर्न नसकेकाले आउने वर्षमा राम्रो गर्ने आशा राख्छन् भने राम्रो भएकाले थप राम्रो बनोस् भन्ने चाहन्छन् । यसका लागि योजनासमेत बनाउँछन् । केही सेलिब्रिटीहरूका यस वर्षका योजना यसप्रकार छन् ।
सिर्जना सुब्बा, अभिनेत्री
अभिनय कर्मका साथै व्यवसाय पनि गर्ने योजना छ । वर्षको सुरुवात व्यवसाय थालेर हुन सक्छ । त्यसपछि नाटक लिएर विदेशयात्रा गर्ने योजना छ । सुरुमा चाहिँ हङकङमा रहेका नेपालीमाझ प्रस्तुत गर्ने योजना बनाएकी छु । यसका लागि पहल गर्दै छु ।
wison
 
विल्सनविक्रम राई, अभिनेता
नयाँ वर्षमा कार्यक्रमका लागि यूके जाँदै छु । नयाँ वर्ष उतै कार्यक्रम गरी मनाइन्छ । २०७१ सालमा चाहिँ केही फरक गर्ने सोच छ । दर्शकलाई आफ्नो अभिनयको नयाँ स्वाद दिनेछु । हास्यकलाकार सँगसँगै एक अभिनेताका रूपमा आफूलाई स्थापित गर्न लागिपर्नेछु ।
samyam (1)
संयम पुरी, अभिनेता
नेपाली नयाँ वर्ष सधैँ आफ्नो परिवारसँग मनाउँछु । २०७० सालमा अभिनयमै बढी फोकस भएकाले डान्सतिर ध्यान दिइएन । २०७१ सालमा डान्स सिक्ने योजना छ । साथै पढाइलाई पनि निरन्तरता दिनेछु ।
sarita
सरिता गिरी, अभिनेत्री
सोलो प्ले गर्ने योजनामा छु । विदेशमा रहेका नेपालीमाझ पनि नाटक प्रदर्शन गर्ने सोच बनाएकी छु । फिल्म, नाटक र म्युजिक भिडियोमा अभिनय गर्ने क्रमलाई निरन्तरता दिनेछु ।
badri-pangeni-neplai-lok-dohori-singer
बद्री पंगेनी, गायक
वर्षको सुरुवात निकै राम्रोसँग हुनेछ । एक महिना बेलायतका विभिन्न ठाउँमा पुगेर कार्यक्रम गर्ने योजना बनाइसकेको छु । ह्यारो, अल्ट्रासुट, केन्टलगायत शहरमा कार्यक्रम गर्छु । नयाँ एल्बम ‘झुक्यायो’ पनि सार्वजनिक गर्दै छु ।
manju
मञ्जु पौडेल, लोकगायिका
नयाँ वर्ष काडमाडौँमा कार्यक्रम व्यस्त भइनेछ । नयाँ वर्षपछि चाहिँ सपरिवार पोखरा, सौरहातिर घुम्न गइन्छ । २०७१ सालका लागि विशेष योजना बनाएको छैन । ‘कर्म गर्दै जाऊँ, फल आफैँ पाइन्छ’ भन्नेमा विश्वास गर्छु ।
nelima
नीलिमा शर्मा, फेशन स्टाइलिस्ट
फेशनेबल पहिरन राखेर नीलिमाज स्टोर फेरि सञ्चालन गर्ने योजनामा छु । वैशाख १९ गते त्यसको औपचारिक सुरुवात गर्ने भएकी छु । केही फिल्मका कस्ट्युम डिजाइनिङका लागि अफर आएको छ । ती पनि गर्छु । नेपाली फिल्म क्षेत्रसँगको सहयात्रा कायम राख्नेछु ।

%d bloggers like this: