Thu. Apr 25th, 2024

काठमार्डौं, चैत ३० । शहरमा दोहोरी रेस्टुरेन्ट राम्रै चलेका छन् । नेपालीहरु रहेका विदेशी मुलुकमा पनि यो क्रम बढेको छ । तर, अमेरिकामा  भने पहिलोपल्ट दोहोरी रेस्टुरेन्ट खुल्ने भएको छ । लोक गायिका निशा सुनार अमेरिका पुगेपछि त्यहाँका नेपालीले प्रत्यक साँझ लाइभ दोहोरीको मज्जा लिन पाउने भएका हुन् । न्युयोर्कको ज्याक्सनहाइटमा रहेको चौतारी रेस्टुरेन्टमा प्रत्यक साँझ निशासँगै लोकदोहोरी गायक विमल डाँगीले नेपालको झल्को दिने भएका छन् ।
उक्त दोहोरी साँझको अवधारणा भने यम बरालको हो । राजकपुरको बाद्यबादन रहने छ । गायक यमले पनि गजल र आधुनिक गीत सुनाउने भएका छन् भने गायिका र गायकसँग रेस्टुरेन्टमा आउने ग्राहकले पनि दोहोरी गाउन पाउने गायिका  निशा सुनारले बताएकी छिन् । गायिका सुनार र गायक डाँगी राम्रो दोहोरी गायक÷गायिकामा गनिन्छन् ।
bimal yam

%d bloggers like this: