काम लाग्ला भुवनको तिकडम !

दोस्रो संविधानसभा निर्वाचनको चुनावी प्रचार–प्रसार कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलदेखि वरिष्ठ नेता केपी शर्मा ओलीसम्मको चुनावी क्षेत्रमा गएर भोट मागेका थिए, अभिनेता भुवन केसीले ।

Read More

फ्राइडे फिल्मः सुपरहिरोवाला ‘सौर्य’

सुपरहिरोको कहानीमा बनेका ‘क्रिस ३’ले बलिउडमा तहल्का मच्चाएर गएको धेरै दिन भएको छैन । यो हप्ता नेपालमा पनि सुपरहिरोवाला फिल्म नै रिलिज हुने भएको छ । दुई पुस्ताका हिट अभिनेता राजेश हमाल र सौगात मल्ल एकै ठाउँमा रहेको फिल्म ‘सौर्य’ प्रदर्शन हुँदै छ ।

Read More

बिन्ध्वासिनी अवार्ड कसलाई ? आफ्नालाई !

फिल्म र गीतसंगीतको बजारमा खडेरी परे पनि अवार्डको धन्दा हराभरा छ । त्यसमाथि नेपाली संगीत र फिल्मका अवार्डको विश्वसनीयतामाथि शंका गरे पनि ‘नपाउनेले विरोध गर्नु स्वाभाविक’ भनेर आयोजक पन्छिन्छन् । भर्खरै सम्पन्न विन्ध्यवासिनी अवार्डमा भने आफ्नालाई अवार्ड प्रदान गरेको प्रस्टै देखियो ।

Read More

सलमानको ‘जय हो’ को प्रोमो ओउट (प्रोमो सहित )

सलमान खानको बहुप्रतिछित चलचित्र’जय हो’ को आज प्रोमो सार्वजनिक गरिएको छ ।सोहेल खानले निर्माण गरेको चलचित्रमा सलमान मुख्य भूमिकामा देखा पर्दै छन ।

Read More

भोलीबाट नेपाल भर सौर्य

चलचित्र सौर्य भोलि मङ्सिर २८ बाट देशै भरका ८० भन्दा धेरै सिनेमा हलहरुमा एक्लै चल्दैछ । नेपाली चलचित्र इतिहास कै सबै भन्दा धेरै मिक्सिङ एडिट गरिएको नेपाली चलचित्र भएको चलचित्र निर्माण पछको दाबी रहेको छ ।

Read More

खोजी नर्स सुन्दरीको

विभिन्न क्षेत्रमा आबद्ध युवतीलाई सुन्दरी प्रतियोगितामा समेट्ने क्रममा यति बेला भने नर्स पेशामा आबद्ध युवतीलाई सुन्दरी बन्ने अवसर जुर्दै छ । नर्सहरूको सुन्दरता र क्षमताको परख गर्न ‘मिस नर्स नेपाल २०७०’ हुने भएको छ । नेक्स्ट मोडल्स नेपालको आयोजना र स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा माघ दोस्रो साता अन्तिम स्पर्धा हुने गरी आवदेन खुलेको हो । प्रतियोगितामा…

Read More

उत्कृष्ठ १५ मा ओशिका

चौध डिसेम्बरमा जर्मनीको म्याडगेबर्गस्थित मारिटिम होटलमा आयोजना हुने ४२औं ‘मिस इन्टरकन्टिनेन्टल– २०१३’ मा नेपालकी २० वर्षीया ओशिका न्यौपाने उत्कृष्ठ १५ मा छनोट भएकी छन् । विश्वका ६२ मुलुकका सुन्दरीले प्रतिष्पर्धी गरिहेको प्रतियोगितामा नेपालले पहिलोपटक सहभागिता जनाएको हो ।

Read More

बिहे–बहिष्कारको संघारमा

‘यो मंसिरको पारिलो घामले पनि तताएन ? तपाईंको विवाहको कार्डै आइपुगेन !’
उमेरले तीसको छेउछाउ पुगेकी एक हिरोइनसँग ठट्टा गरेँ ।
‘अर्काकै जन्तेबाख्रोको कति आशा गर्नुहुन्छ, आफ्नो पनि बेला भयो भन्ने हेक्का छ कि छैन ?’ बोलीको गोली जस्ताको तस्तै फर्कियो । मैले थपेँ, ‘आफूभन्दा केही भोटो बढी फटाइसकेकाको जन्तेबाख्रो खाएर आफ्नो दिनुपर्ला कि भनेर !’

Read More

‘सायद’ स्टार संयम अब परेड खेल्दै

युवा अबस्थामा देखिने सपनाहरूलाई बिषय बनाइ ‘पुन्टे परेड’ फिल्म निर्माण गरिने भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रम विच संयम पुरी र नयाँ अनुहार एञ्जिला दाहाललाई लिएर ‘पुन्टे परेड’ निर्माणको घोषणा गरिएको हो ।

Read More