Fri. Apr 26th, 2024

दोस्रो संविधानसभा निर्वाचनको चुनावी प्रचार–प्रसार कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलदेखि वरिष्ठ नेता केपी शर्मा ओलीसम्मको चुनावी क्षेत्रमा गएर भोट मागेका थिए, अभिनेता भुवन केसीले । वरिष्ठ नेता माधव नेपालको क्षेत्रमा समेत भोट माग्दै हिँडेको केसीको उठबस भने महासचिव पोखरेलसँगै बढी थियो ।
एमाले पार्टी प्रवेश गर्दाताका एमाले अध्यक्ष झलनाथ खनालसँग निकै राम्रो सम्बन्ध बनाएका केसीले पार्टी कार्यालय आउजाउकै क्रममा महासचिव पोखरेलसँग दोस्ती बढाएका थिए । तर, अहिले उनी वरिष्ठ नेता नेपालका खास मान्छे मानिन्छन् । महासचिव पोखरेलले चुनाव हारेपछि नेपालतिर लहसिएका हुन् । समानुपातिकबाट सभासद् पड्काउनका लागि केसी नेपालको खास मान्छे हुन पुगेका छन् । फिल्म क्षेत्रमा अनेक तिकडम गर्ने सीप राजनीतिमा कत्तिको काम लाग्ने हो, कुन्नि ?
 

%d bloggers like this: