Wed. May 8th, 2024

चलचित्र सौर्य भोलि मङ्सिर २८ बाट देशै भरका ८० भन्दा धेरै सिनेमा हलहरुमा एक्लै चल्दैछ । नेपाली चलचित्र इतिहास कै सबै भन्दा धेरै मिक्सिङ एडिट गरिएको नेपाली चलचित्र भएको चलचित्र निर्माण पछको दाबी रहेको छ । vfx एडिट र पोस्ट प्रोड्क्सनको काममा आत्यधिक समय खर्चिन परेकाले चलचित्र बनेको धेरै समय पछीमात्र हाल प्रद्शन गर्न लागिएको र राम्रो र नया किसिमको सुपर हिरो कथा पहिलो चोटी देखाउन खोजिएको निर्माता सुरेन्द्र गुरुङ हाकिमले जानकारी दिए ।
चलचित्रका सम्पादक चन्दन दत्तले पनि चलचित्र सम्पादनमा निकै समय र मेहेनत लगेको र यस किसिमको चलचित्र सम्पादन गर्ने नेपालमा कमै मात्र रहेको कुरा जानकारी दिए ।
चलचित्रले सेन्सर बोर्ड बाट pg सर्त्तिफिकट प्राप्त गरेको छ । चलचित्रलाई हाकिम एन्टेर्टैन्मेन्टको ब्यानरमा सुरेन्द्र गुरुङ हाकिमले निर्माण गरेका हुन, भने निर्देशन् मार्कण्डे दिपविम बस्नेतको रहेको छ । राजेश हमालको बिषेश् भूमिकामा सौगात मल्ल, अनुप बिक्रम शाही, हेमा श्रेष्ठ, सुशिल पोख्रेल, रबी बस्नेत, रबिन्द्र खड्का आदिको अभिनय रहेकोछ । सौर्यको कथा सुबाश सिंह बस्नेतले लेखेका हुन भने संगीत सीक्स फोर बिट्को, छयाँन्कन रामेश्वोर कार्की, सम्पादन चन्दन दत्तको रहेको छ

%d bloggers like this: