ओझा एक्लै आउँदै
काठमाडौं, १६ पुस । गायक तथा हास्य कलाकार प्रकाश ओझा निर्देशित चलचित्र ‘त्रास’ सोालो प्रदर्शन हुने भएको छ । कमेडी र थ्रीलरमा चलचित्र भनिएको ‘त्रास’ १९ पुसबाट देशभर प्रदर्शनमा आउन लागेको हो । ओझाकै निर्माण रहेको चलचित्र ‘त्रास’ मा नायिका अनु शाह, रिया श्रेष्ठ, आयुब केशी, निराजन लुइँटेलका साथमा प्रकाश ओझाको पनि मुख्य अभिनय छ…