Fri. Apr 26th, 2024

२०७०, पुष १४, आइतबार
फिल्म बितेका पल युनिट्ले आज राजधानीको बिग मुभिजमा भब्य रेड कार्पेट प्रिमियर गरेको छ । झन्डै ४०० सिनेकर्मी तथा संचारकर्मीको उपस्थितिमा बितेका पालको प्रिमियर गरिएको हो ।
प्रिमियरका प्रमुख अथिति ए.माओबादी नेता बर्षमान पुन अनन्त थिए । युवराज लामा, हरिबंश आचार्य, राजकुमार राई, नारायण पुरी, दिपकराज गिरी, सबिन श्रेष्ठ ,ऋचा शर्मा, बेनिषा हमाल, रिमा बिश्वकर्मा,बाबुराम दाहाल ,साहना बज्राचार्य ,विल्सन बिक्रम राई ,राजेश पायल राई ,सत्य-स्वरुप लगाएत फिल्म नगरिका प्राय सबै हस्तीहरुको उपस्थिति रहेको थियो । सबैले फिल्म राम्रो बनेको प्रतिक्रिया त दिए नै, नायिका केकी अधिकारीको पहिरनको समेत सबैले तारिफ गरेका थिए ।
आफुले कसैलाई देखाउन नभई प्रिमियर कल्चर लाई निरन्तरता दिदै राम्रो संदेश दिन खोजेको निर्माता राजेश घतानीले बताए । निर्देशक सुरज सुब्बा नाल्बोले पनि चलचित्र राम्रो बनेकाले आफ्नो प्रतिस्पर्धा अन्य फिल्म संग नभई दर्शक संग भएको र प्रिमियरले अझ बाडी राम्रो संदेश जाने बताए ।
कलाकार बाबु बोगटी, केकी अधिकारी एवं दार्जेलिंग  मुलका नवनायक अभिनाष गुरुङ पनि फिल्म राम्रो चल्नेमा आशाबादी देखिन्थे । फिल्मको कथा कलाकारको अभिनय, संगीत र लोकेशन उपस्थित सबै लाई राम्रो लागेको र फिल्म युनिटलाई अग्रिम बधाई पनि दिए। ३ बर्ष पहिले यहि युनिट्ले निर्माण गरेको फिल्म बाटो मुनिको फुलको पनि यसैगरी प्रिमियर गरिएको थियो ।
 
 
3
4
fi
IMG_5444
IMG_5447
IMG_5471
IMG_5473
IMG_5478
2
IMG_5480
तस्बिरहरु: बाबु सुरेश डि.सी

%d bloggers like this: