Sat. Apr 20th, 2024

मुम्बई, १५ पुस (एजेन्सी) । बलिउडका लागि के फेरि सन् २०१३ फर्किएला त ? हिजोआज बलिउडकर्मीबीच यस्तै समीक्षा हुन थालेको छ । हुन पनि यो वर्ष बलिउडका लागि फापसिद्ध भयो । कलाकार त हिट भए नै यससँगै बक्स अफिसमा पैसाको पनि उस्तै वर्षा भयो ।
सन् २०१३ मा जति पनि फिल्म प्रदर्शन भए, ती अधिकांश फिल्मले बक्स अफिसमा सफलता पाए । एक दर्जन फिल्म यस्ता बने जसले नयाँ रेकर्ड राख्दै बलिउड बक्स अफिसमा झमझम पैसा बर्साए । बलिउड समक्षीकहरुका अनुसार अहिलेसम्मकै नयाँ रेकर्ड ब्रेक गर्दै २०१३ विदाई हुँदैछ । यो वर्ष बलिउडमा नयाँ सफलताका कीर्तमान स्थापित भएको उनीहरुले विश्लेषण गरेका छन् ।
‘यो भन्दा सुखद वर्ष कमै आउने छ’ एक समीक्षकले भने, ‘ताकि बलिउडमा अहिलेसम्मका सबै रेकर्ड तोडिएको छ ।’ सन् २०१३ मा प्रदर्शित फिल्मको बक्स अफिस रेकर्डलाई हेर्ने हो भने यस वर्ष ३ फिल्मले यति पैसा कमाएकी त्यो अनमान गरेकै थिएन । ती फिल्मले टिकटमार्फत मात्र २ सय करोड रुपैयाँ आोभरको कारोबार गरेका छन् । ‘चेन्नई एक्सप्रेस’, ‘कृष–३’ र वर्षको अन्त्यमा रिलिज भएको ‘धूम–३’ ले बलिउडमा धुम नै मच्याए ।
यसअघि सन् २००९ मा प्रदर्शित ‘थ्री इडियट्स’ एक मात्र फिल्मले २ सय करोड रुपैयाँको क्लवमा सामेल हुने मौका पाएको थियो । तर यस वर्ष प्रदर्शित ‘ये जवानी है दीवानी’, ‘भाग मिल्खा भाग’, ‘ग्राण्ड मस्ती’, ‘रेस–२’ र ‘रामलीला’ ले टिकट बेचेरै २ सय करोड रुपैयाँ माथि कमाई गरेका छन् । यसका अलावा ‘आशिकी–२’, ‘शूटआऊट एट वडाला’, ‘रांझना’, ‘जोली एलएलबी’, ‘सत्याग्रह’, ‘स्पेशल २६’, ‘फुकरे’, ‘काई पोचे’ र ‘चश्मे ब्रदर’ जस्ता फिल्मले पनि बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरे ।

%d bloggers like this: