Thu. Apr 25th, 2024

काठमाडौँ, १४ पुष । उहिले फरक नाम भएपनि जग्गेमा बसेपछि पण्डितले केटाको नाम सुरु भएकै अक्षरबाट केटीको नयाँ नाम राखिदिन्थे । जसले गर्दा उनीहरुको जोडी शुभ जोडी हुने विश्वास गरिन्थ्यो । अहिले समय त्यो छैन । नामसँगै पहिचान हुर्किएको हुनाले शुभ होस् कि असुभ नामथर फेर्ने उहिलेको कुरा खुइलिसक्यो । तर, फिल्म ‘पराई’मा जोडी बनेका हिरो हिरोइनको नाम भने एकै अक्षरबाट सुरु हुन्छ , गोबिन्द र गरिमा । त्यसैले परम्परागत कुरा पत्याउने हो भने फिल्म हिट हुने शुभ संकेत देखिएको छ ! दीपक कुमार शाहीले निर्माण गरेको २६ पुषमा रिलिज हुने फिल्म ‘पराई’का लागि उनीहरुले हालै तस्बिर स्टुडियो बागबजारमा फोटोसुट गराएका छन् । गरिमा र गोबिन्दले पुषको चिसोमा दिएका गर्मिला दृष्यका केही तस्बिर मनोरञ्जन संसारले प्राप्त गरेको छ ।

तस्बिरः शिवलाल श्रेष्ठ (तस्बिर स्टुडियो, बागबजार प्लाजा)

govinda ra garima (5) govinda ra garima (1) govinda ra garima (3) govinda ra garima (4)

%d bloggers like this: