Tue. Apr 23rd, 2024

काठमाडौँ, १४ पुष । नेपाली फिल्म ‘प्रोडुसर’ले सरकारी स्कुलमा पढ्ने बालबालिकको स्वास्थ्य जाँचमा सहयोग पु-याएको छ । आइतवार काठमाडौंको ज्ञानेश्वरमा रहेको ज्ञानविकास निम्न माध्यामिक विद्यालयमा एनएचसी स्कुल हेल्थ प्रोगामसँग सहकार्य गर्दै सामाजिक कार्यमा पनि अघि बढेको हो ।
फिल्मका निर्माता तथा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले फिल्म र स्वास्थ्यको अन्र्तसम्बन्ध रहेको बताए । उनले भने, ‘फिल्मले पनि रमाइलो प्रदान गरेर स्वस्थ राख्न सहयोग गर्दछ । त्यसैले स्वास्थ्य र फिल्मको अन्र्तसम्बन्ध छ ।’ सरकारी विद्यालयका विद्यार्थीको चेकजाँचमा सहयोग पु¥याउन पाएको खुशी प्रकट गरे । फिल्मको विदेश प्रदर्शनबाट प्राप्त हुने कुल रकमको १० प्रतिशत यस्तै कार्यमा लगानी गर्ने बताइएको छ ।
नेपाल कम्युनिटी हेल्थ एन्ड सोसियल सर्भिस सेन्टर (एनसिएचसी)को संयोजकत्वमा फिल्म ‘प्रोडुसर’ र दावली मिलन केन्द्रले उक्त हेल्थ क्याम्पमा सहकार्य गरेका हुन् । नाबेल मेडिकल क्लेजकी डाइरेक्टर डा. लोचन कार्कीको संयोजकत्वमा रहेको डाक्टरको टोलीले बिद्यार्थीहरुको प्रारम्भिक स्वास्थ्य जाँच गरेको थियो ।

2

स्वास्थ्य जाँचका लागि प्रतिक्षरत बालबालिका
3
डाक्टरहरुको समूह

%d bloggers like this: