Sat. Apr 20th, 2024

गौहर खान बिग बोस–७ को विजेता बनेकी छिन् । त्यस्तै तनिषा मुखर्जी रनर–अप बनिन् । हिजो राती सम्पन्न सातौंँ चरणको यो प्रतियोगीतामाउनकी मुख्य प्रतियोगी तनिषालाई पछि पार्दै उनी विजेता घोषणा भएकी हुन् ।
बिग बोस घोषणा भएपछि प्रतिक्रिया दिँदै दर्शकले आफ्नो नेचरलाई मन पराएर धेरै भोट दिएको बताइन् । उनले भनेकी छिन्, ‘मैले बिग बोसमा देखाएको नेचर दर्शकलाई प्रभाव पार्नका लागि प्रशस्त थियो ।’ उनले तत्काल विवाह भन्दा पनि फिल्म करियरलाई जोड दिने बताइन् ।
शोमा चार फाइनलिस्ट पुगेका थिए – गौहर खान, संग्राम सिंह, एजाज खान र तनिषा । शनिबारको ग्रान्ड फिनालेमा सबैभन्दा पहिला संग्राम सिंह बाहिर भएका थिए । त्यसपछि एजाज पनि बाहिर भएका थिए । शोका होस्ट सलमान खानले गौहरलाई विजेताको ट्रफी दिएका थिए । बिग बोसको घरमा तनिषा र संग्राम १०५ दिन रहेका थिए भने गौहर १०३ र एजाज ६३ दिन रहेका थिए । यो शोकी बिजेता गौहरले ट्रफीसँगै ५० लाख भारतीय रुपैयाँ पनि जितेकी छिन् ।

bigg-boss-winner-gauhar

%d bloggers like this: