Sat. Apr 20th, 2024

काठमाडौं, १६ पुस । गायक तथा हास्य कलाकार प्रकाश ओझा निर्देशित चलचित्र ‘त्रास’ सोालो प्रदर्शन हुने भएको छ ।  कमेडी र थ्रीलरमा  चलचित्र भनिएको ‘त्रास’ १९ पुसबाट देशभर प्रदर्शनमा आउन लागेको हो ।
ओझाकै निर्माण रहेको चलचित्र ‘त्रास’ मा नायिका अनु शाह, रिया श्रेष्ठ, आयुब केशी, निराजन लुइँटेलका साथमा प्रकाश ओझाको पनि मुख्य अभिनय छ । साथै चलचित्र रंगमञ्चमा कलाकारहरु प्रकाश सुब्बा, सोनी जयन्ती, तिर्थ याक्सोलगायतको पनि अभिनय छ ।
चलचित्र मनोरञ्जनात्मक बनेको निर्माता तथा निर्देशक ओझाको दावी छ । उनले भने, ‘काँचको पर्दामा दर्शकका मन जित्न सफल कलाकारको अभिनयले चलचित्र राम्रो बनेको छ ।’

%d bloggers like this: