कुन पार्टीको प्रचारमा बिसे नगर्ची ?
बिसे नगर्चीको बयान निकैले मन पराएको कविता हो । कम्युनिष्ट बिचारधारा मान्ने गाइँगुइँ चलेका श्रवण मुकारुङ यही कविताबाट असली कम्युनिष्ट ठहरिए । तर, यो संविधानसभामा उनी अर्कै पार्टीमा छन् । त्यसैले कवि श्रवणको अहिले दिनचर्या फेरिएको छ । केही वर्षयता सधैँजसो कवि गोष्ठी र कविता वाचनमा व्यस्त देखिने युवापुस्ताका यी चर्चित कवि हिजोआज जनताको घरदैलोमा भोट मागिरहेका…