Thu. Apr 18th, 2024

बिसे नगर्चीको बयान निकैले मन पराएको कविता हो । कम्युनिष्ट बिचारधारा मान्ने गाइँगुइँ चलेका श्रवण मुकारुङ यही कविताबाट असली कम्युनिष्ट ठहरिए । तर, यो संविधानसभामा उनी अर्कै पार्टीमा छन् । त्यसैले कवि श्रवणको अहिले दिनचर्या फेरिएको छ । केही वर्षयता सधैँजसो कवि गोष्ठी र कविता वाचनमा व्यस्त देखिने युवापुस्ताका यी चर्चित कवि हिजोआज जनताको घरदैलोमा भोट मागिरहेका भेटिन्छन् । कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार ‘बिसे नगर्ची’ कवि मुकारुङ भन्छन्, ‘यसपटकको संविधानसभा निर्वाचनमा ‘लोकतन्त्रको पक्षधर’लाई जिताउनुपर्छ ।’ चुनावी रौनकसँगै आफ्ना नेतालाई जिताउने अभियानमा लागेका कवि मुकारुङले ०६२÷६३ को आन्दोलनताका ‘बिसे नगर्ची’ कविता लेखेर चर्चामा आएका थिए । ‘बिसे नगर्ची’ कविताले सडकमा उत्रिएका लाखौँ जनतालाई आन्दोलन गर्न थप उत्साह र प्रेरणा मिलेको थियो । मुकारुङ ४ मंसिरमा हुन गइरहेको संविधानसभा निर्वाचनमा लोकतन्त्रको पक्षधरलाई जिताउन दिलोज्यान दिएर लागेका छन् । ‘सुशील कोइराला, प्रकाशमान सिंह, गगन थापाहरूलाई जिताउन एकदमै आवश्यक छ,’ उनले भने, ‘सुशील कोइराला भनेको कांग्रेसको मात्र सभापति नभएर लोकतन्त्रका प्रतीक पनि हुन् । त्यसैले लोकतन्त्र बचाउनका लागि पनि उहाँलाई जिताउन आवश्यक छ ।’

%d bloggers like this: