Fri. Mar 29th, 2024

चीनको सेन्जेन शहरमा सोमबार सम्पन्न ‘मिसेस ग्लोब २०१३’मा नेपालका तर्फबाट सहभागी बनेकी रजनी थापाले ‘मिस फिलेन्थ्रोपी’ विधाको अवार्ड जितेकी छन् । इप्लानेटले आयोजना गरेको मिसेज नेपालको दोस्रो संस्करणकी विजेता २६ वर्षीया थापाले ६२ सुन्दरीसँगको प्रतिष्पर्धामा यो अवार्ड जितेकी हुन् ।
सेन्जेन शहरस्थित वेस्टिन शेंज्हें फुटियन होटेलमा आयोजनाका गरिएको प्रतियोगिताको यो १८ औं संस्करण हो । रजनी नेपालको तर्फबाट पहिलोपटक उक्त प्रतियोगितामा सहभागी भई विधागत अवार्ड जितेकी हुन् । प्रतियोगितामा उनले विभिन्न देशका लगभग १६ सय दर्शक सामु नेपालको झन्डा फहराउँदै उनले सांस्कृतिक पहिरनमा ‘मै राम्री हुन के गरौं’ बोलको गीतमा नृत्य गरेकी थिईन् ।‘नेपालको तर्पmबाट पहिलोपटक प्रतियोगितामा सहभागी भएर अवार्ड जित्नु आफैमा गौरवको कुरा हो,’ इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले खुशी व्यक्त गर्दै भने । काभ्रे घर भई हाल काठमाडौंमा बस्दै आएकी रजनी हाल रक्षा नेपालको सद्भावना दुतको रुपमा कार्यरत छिन् ।
ईप्लानेटले पछिल्लो संस्करणमा ‘मिसेस नेपाल’ सहित एकै स्टेजमा ‘लिटिल मिस नेपाल’, ‘मिस टिन इन्टरनेशनल’ र ‘मिस इन्टरनेशनल’ प्रतियोगिता आयोजना गरेको थियो भने यस बर्ष २०१४ को लागि पनि सबै प्रतियोगिताको आबेदन फारम वितरण शुरु गरिसकेको छ । यो बर्ष संस्थाले फेब्रुअरी महिनाको चार शनिबार ‘लिटिल मिस युनिभर्स नेपाल’, ‘मिस टिन युनिभर्स नेपाल’ ‘मिस इन्टरनेशनल’ र ‘मिसेस युनिभर्स नेपाल’ को आयोजना गर्दैछ ।
यस अघि इप्लानेटले अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस युनिभर्स २०१३’ मा सहभागी नेपाली प्रतियोगी मिना घिमिरेले ‘मिसेस इन्टेलिजेन्ट’ विधाको अवार्ड, चिल्ड्रेन अफ युनिभर्समा पठाएका चार प्रतिष्पर्धीले शीर्ष उपाधिसहित फष्ट रनरअप, ग्रेस फष्ट रनरअप, स्टार फष्ट रनरअप २०१३ घोषित भएका थिए ।

%d bloggers like this: