Sat. Apr 20th, 2024

लिम्बु संस्कृतिका पालाममा आधारित तथा लिम्बु भाषा प्रयोग गरिएका चर्चित गीतहरु बढी गाएका गायक राजेश पायल राईले आफ्नो सांगीतिक इतिहासमा पहिलो पल्ट लिम्बु गीत हरु समेत गाएका छन् । लिम्बु सब्द उचारन गर्दा अफ्टेरो गरि बोल्ने राजेशले लिम्बु गीत भने निक्कै मज्जा ले गाए । उनले बिच बिचमा ठट्टा गर्दै आफ्नो बिहेको प्रसङ्ग कोट्याउदै , माहोललाई रमाइलो पार्दै भन्थे – राम्री केटी पाए अहिले नै लण्डन बाट पापा मम्मी लाई बोलिपोहाल्छु ।
आइतबार धरानस्थित सैनिक भवनमा सम्पन्न याक्थुङ पालाम साँझमा लिम्बु पहिरनमा नै स्टेजमा आएका राजेशले ‘ हाक्पारे ख्याली साम्लोले आम्बी ‘आजुप्से , थेगेक , सिरबन्दि , चेथ्याके लगायतका लिम्बु भाषाका गीतहरु गाएर हलभरि बसेका दर्शकहरुलाई मन्त्रमुक्ध बनाएका थिए । गत वर्ष आसेवारो नामक लिम्बु भाषाको एल्बम बजारमा ल्याएका राईको सिलाके जवानी नामक भोजपुरी अल्बमले भारतको भोजपुरी संगीत बजारमा राम्रो स्थान पाएको छ । उनले भर्खरै मात्र हिन्दि फिल्म नजाने क्यों मा समेत स्वर दिएका छन भने २ वटा भोजपुरी फिल्म आवाज दिएका छन । त्यस्तै उनि हिन्दि अल्बम मा समेत स्वर दिदै छन । उनलाई साथ दिन चर्चित निर्देzक दीपक श्रेष्ठ , उनका सहपाठी धराने संगीतकर्मी हेम सुब्बा , गायक ए पी शेर्पा , भिसन मुकारुङ्ग समेत आएका थिए । निर्देzक दीपक श्रेष्ठले कार्यकर्म मा बोल्दै गायक पायलको बारेमा पुराना यादहरु संस्मरण गरेका थिए ।
भरखरई दर्शन नमस्ते २ अल्बम बजारमा ल्याएका राजेशले सागर सरि, सर सर , बल्ल भेट भो , दर्शन नमस्ते ,ओके ,मोहनी लाग्ला है लगायतका डेढ दर्जन नया पुराना चर्चित गीत हरु समेत प्रस्तुत गरेर कार्यs|म बाट बिट मारेका थिए । सो कार्यकर्ममा तीनजुरे पूर्व भेग च्याब्रुंग समूह धरानले पालम नृत्य समेत प्रस्तुत गरेको थियो।
सिल्भर इन्टरटेन्मेण्टको इभेGट म्यानेजमेन्टमा तथा सासा ब्युटि पार्लरको आयोजनमा र लोकेन सांबाको संयोजन मा सम्पन्न याक्थुङ पालाम साँझको प्रायोजन नेपाल आइसले गरेको थियो ।
DSC_4682
DSC_4662
DSC_4697

%d bloggers like this: