Thu. Apr 18th, 2024

नक्सालस्थित गहनापोखरीमा छुल्मि डोल्मा आफ्नो भ्यालेन्टाइनको पर्खाइमा छन् । किनभने आज प्रेम दिवस हो । आफ्नो प्रेमिको आगमनका बाटो कुरिरहेकी छुल्ठिम एक्लै छिन् । फिल्म नोभेम्बर रेनको एउटा दृष्य हो यो । यहाँ प्रेम दिवसको एउटा दृष्य सुटिङ भइरहेको थियो ।
अभिनेता आर्यन सिग्देल र सुवास गिरीको लगानी रहेको फिल्मको आइतवार यहाँ छायांकन भएको हो । फिल्ममा आर्यन सिग्देल र नम्रता श्रेष्ठ पनि अभिनय गरिरहेका छन् ।
फिल्ममा तीन साथीको प्रेम सम्बन्ध उतारचढाव हेर्न पाइने बताइएको छ । फिल्मको ९० प्रतिशत छायांकन सम्पन्न भएको निर्माण पक्षले जनाएको छ । दिनेश राउतले निर्देशन गरिरहेको फिल्ममा संगीत तराप्रकाश लिम्बु, सम्पादन सुरेन्द्र पौडेल, छायांकन राजेश श्रेष्ठ, द्वन्द्व हिमाल केसी, नृत्य आलोक नेम्बाङको रहेको छ ।
1381429_547257475354818_858215659_n
1417746_547259552021277_672412590_o
1417761_547259022021330_795874564_o

%d bloggers like this: