Sat. Apr 20th, 2024

‘सायद’ र ‘होस्टेल’ जस्ता सफल फिल्म निर्माण गरेको दुर्गिस फिल्मस्ले तेस्रो फिल्म निर्माणको तयारी गरेको छ । तेस्रो फिल्मका लागि कलाकार पनि फाइनल गरिएको छ ।
यो फिल्ममा पहिलो फिल्म ‘सायद’बाट चम्किएका संयम पुरी र ‘होस्टेल’का कलाकार अनमोल केसी, सलोन बस्नेत, गौरव पहारी दोहोरिएका छन् । सुन्दरी हिरोइन नम्रता श्रेष्ठ पनि मुख्य भूमिकामा छिन् । प्रेमकथामा आधारित भनिएको फिल्ममा यी तन्नेरी हिरोसँग नम्रताको रोमान्स देख्न पाइने बताइएको छ ।
सुरज भूषालले निर्देशन गर्ने फिल्मको स्क्रिप्टको काम भइरहेको बताइएको छ । माघदेखि फिल्मको वर्कसप थालिने निर्माता सुनिल रावलले बताए । फिल्मको नाम भने स्क्रिप्टको काम सकिएपछि मात्रै थाहा हुने छ । उनले भने, ‘म पहिल्यै नाम तयार गरेर फिल्म बनाउदिनँ, स्क्रिप्टभित्रबाट उपयुक्त नाम छान्ने हो ।’
1385419_527252924028359_826223645_nsanyam

%d bloggers like this: