Sat. Apr 20th, 2024

कात्तिकमा बिहे गर्ने चलन छैन । तर, चकलेटी हिरो आर्यन सिग्देल र पूजा शर्माको ‘मधुमास’ भने कात्तिकमै देखिने भएको छ । ‘मेरो एउटा साथी छ’ जस्तो सफल फिल्मका निर्देशक सुदर्शन थापा यही फिल्ममार्फत फेरि प्रेमकथामा आधारित फिल्ममा फर्केका छन् । उनले यो फिल्मलाई प्रेम र थ्रिलरको संयोजन भनेका छन् । फिल्ममा आर्यन सिग्देल, पूजा शर्मा, मनोज आरसी, शिवांगिनी राणा,  निर्मल शर्मालगायत कलाकारले अभिनय गरेका छन् । बाबुराम दाहाल र निर्देशक सुदर्शनको संयुक्त लगानी रहेको फिल्मलाई दीपक वज्राचार्यले खिचेका हुन् ।
‘मधुमास’सँगै पर्दामा ‘युद्ध’ गर्न तयार छ, फिल्म ‘वार’ । यसलाई प्रेमकथामा आधारित एक्सन फिल्म भनिएको छ । नेपालमा रहेको बहुमूल्य जडीबुटीमाथि विदेशीले आँखा लगाएको र यसलाई रोक्ने प्रयत्न फिल्मको मुख्य विषय हो । मुकुन्द भट्टले निर्देशन गरेको फिल्ममा नीता ढुंगाना र कृष्ण भट्टले मुख्य भूमिकामा अभिनय गरेका छन् । सुबोध र किशोर भट्ट फिल्मका निर्माता हुन् ।

%d bloggers like this: