
सुआरेज हिरो बन्दा एट्लेटिको मड्रिडले जित्यो ला लिगा
एजेन्सी । स्पेनिस ला–लिगा फुटबल प्रतियोगिताको उपाधि एथलेटिको म्याड्रिडले जितेको छ । निर्णायक मानिएको यस सिजनको अन्तिम खेलमा एथलेटिकोले रियल भाल्लाडोलिडलाई २–१ ले हरायो । यही समय अर्को खेलमा रियल म्याड्रिडले भिल्लारियललाई २–१ ले हराएपनि एथलेटिकोलाई च्याम्पियन बन्नबाट रोक्न सकेन । एथलेटिकोले ३८ खेलबाट ८६ अंक बटुल्यो भने दोस्रो स्थानको रियल म्याड्रिडले ८४ अंक बटुल्यो ।…