Sun. May 19th, 2024

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका स्ट्राइकर करिम बेन्जेमा फ्रान्सको राष्ट्रिय टोलीमा समेटिएका छन् । फ्रान्सले मंगलबार सार्वजनिक गरेको युरोपियन च्याम्पियन्सिप खेल्ने २६ जनाको सुचीमा बेन्जेमाको नाम पनि समेटिएको हो ।
बेन्जेमाले २०१५ देखि फ्रान्सबाट खेल्न पाएका छैनन् । उनी फ्रान्सका पूर्व सहकर्मीलाई ब्ल्याकमेल गरेको आरोप लागेपछि निलम्बनमा परेका थिए । यद्यपी, उनले त्यो आरोप भने स्वीकारेका छैनन् ।
३३ वर्षीय बेन्जेमाले २०१६ को युरोपियन च्याम्पियन्सिप र २०१८ को फिफा विश्वकप समेत गुमाएका थिए । २०१८ को विश्वकप जित्ने टोलीमा उनको नाम समेटिएको थिएन ।
२०२१ को जनवरीमा अदालतले उनको आरोपमाथि अनुसन्धान हुने बताएको छ । यद्यपी, मिति भने तोकिएको छैन ।
बेन्जेमाले याैन टेप सार्जनिक गरिदिने धम्की दिँदै पूर्व सहकर्मी म्याथ्यु भाल्ब्युएनासँग पैसा मागेको आरोप छ ।
फ्रान्सका प्रमुख प्रशिक्षक डेडियर डेस्च्याम्पले अहिलेको टोलीमा बेन्जेमाको आवश्यता रहेको बताएका छन् । बेन्जेमाले यो सिजन रियल मड्रिडबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

Leave a Reply

%d bloggers like this: