Sun. May 19th, 2024

काठमाडौँ । धनगढी एफसीलाई १–० ले हराउँदै काठमाडौं रजेर्सले नेपाल सुपर लिगको उपाधि जितेको छ । शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा काठमाडौंलाई जिताउन २२औं मिनेटमा मेसुके ओलोमोले गरेको गोल निर्णायक बन्यो ।
त्रिपुरेश्वरस्थित दरशथ रंथशालामा सम्पन्न खेलको पहिलो हाफमा काठमाडौंले धनगढी विरुद्ध १ गोल गर्दै अग्रता बनाएको थियो । पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल एनएसएलले आफ्नो पहिलो च्याम्पियन पाएको छ ।
पहिलो च्याम्पियन काठमाडौंले उपाधिसँगै नगद ३५ लाख जितेको छ। दोस्रो हुने धनगढीले नगद १५ लाखमा चित्त बुझाएको छ । प्रतियोगिताका विधागत तर्फ उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले नगद एक–एक लाख पाउने छन् ।
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा सात टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

%d bloggers like this: