Fri. Mar 29th, 2024

एजेन्सी । इटालियन क्लब इन्टर मिलानले इटालीको शीर्ष डिभिजन लिग ‘सिरी ए’को उपाधि जितेको छ । करीब १ दशकपछि मिलानले पहिलो पटक सिरी एको उपाधि जितेको हो ।
यसभन्दा अघि सिरी ए मा युभेन्टसको दबदबा थियो । तर, यो सिजन युभेन्टस अंक तालिकाको चाैथो स्थानका लागि संघर्ष गरिरहेको छ ।
इन्टर मिलानले यस सिजनका ४ वटा खेल बाँकी रहँदै लिग जितेको हो । दोश्रो स्थानमा रहेको एटलान्टासँग १३ अंकको अग्रता कायम भएको अवस्थामा ४ खेल मात्रै बाँकी रहँदा मिलानले उपाधि कब्जा गर्यो ।
इन्टरले यो सिजन खेलेका ३४ वटा खेलमध्ये २५ वटामा जीत हात पारेको छ भने ७ खेलमा बराबरी तथा २ वटा खेलमा हार व्यहोरेको छ । लिगका ३४ हप्ताका खेल सकिँदा इन्टरले ८२ अंक बटुलेको छ ।
इन्टरले २००९ मा पछिल्लो पटक सिरी एको उपाधि जितेको थियो । इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले प्रशिक्षणको दोश्रो वर्षमा सिरी ए उपाधि चुम्ने सपना पूरा गरेका छन् ।

Leave a Reply

%d bloggers like this: