Fri. Mar 29th, 2024

एजेन्सी । लोकप्रीय क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपिएल) स्थगित भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्डको पछिल्लो निर्णयसँगै यस सिजनको आइपिएल अनिश्चित कालका लागि स्थगित भएको हो ।
भारतीय क्रिकेट बोर्डको आकस्मिक बैठकले जारी आइपिएल स्थगन गर्ने निर्णय गरेको एक विज्ञप्ती जारी गरि जानकारी दिएको छ । बोर्डद्वारा जारी विज्ञप्तीमा भारतीय क्रिकेट बोर्डले खेलाडी तथा नागरिकहरूको सुरक्षामा कुनै सम्झाैता गर्न नसकिने भन्दै तत्काल आइपिएल रद्द गर्ने बताएको छ ।
पछिल्लो समय आइपिएलमा सहभागी टोलीका खेलाडी तथा कर्मचारीहरूमा कोरोना संक्रमण फैलिँदै गएको छ ।
सोमबारका लागि तय भएको कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरको खेल पनि खेलाडीमा कोरोना पुष्टि भएपछि स्थगित भएको थियो । कोलकत्ताका स्पिनर वरूण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना संक्रमण भएको थियो ।

Leave a Reply

%d bloggers like this: