Sun. Apr 28th, 2024

एजेन्सी । ब्राजिलियन स्टार फुटबलर नेयमार जुनियरले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनसँगको सम्झाैता नवीकरण गरेका छन् । २०१७ मा गरेको ४ वर्षे सम्झाैता सकिनै लाग्ने नेयमारले थप ४ वर्ष पिएसीमै बस्ने निर्णय गरेका हुन् ।
नयाँ सम्झाैता अनुसार अब नेयमार जुन ३०, २०२५ सम्म पिएसजी मै रहने भएका छन् । पछिल्लो समयको अन्तर्वार्तामा नेयमारले पीएसजीमै आफु खुसी भएको बताएका थिए ।
२०१७ मा नेयमार विश्व किर्तीमानि रकममा बार्सिलोनाबाट पिएसजीमा आबद्ध भएका थिए । पछिल्ला केही सिजन पुनः बार्सिलोना फर्किने कसरतका बाबजुद नेयमारले थप ४ सिजनका लागि पिएसजीमै रहने निर्णय गरेका हुन् ।
नेयमारले पिएसजीका लागि ११२ खेलमा ८५ गोल गर्दै ५१ असिस्ट प्रदान गरेका छन् । २०१९ मा क्लबको व्यवस्थापकीय पक्षसँग मतान्तर भएपछि नेयमार बार्सिलोना फर्किन चाहेका थिए । तर, उनको इच्छामा पिएसजी बाधक भएको थियो ।
नेयमार पिएसजीबाट युरोपियन च्याम्पिन्यस लिग जित्न चाहन्छन् । पछिल्लो सिजन फाइनलमा हारेको पिएसजी यो सिजनको सेमिफाइनलबाटै बाहिरि सकेको छ ।

Leave a Reply

%d bloggers like this: