बैदेशिक रोजगारीमा गएकाको सिर्जनामा ‘साक्षत्’
वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा पुगेका नेपाली स्रष्टाहरुको सिर्जनाहरुलाई समेटेर तयार पारिएको गीतिसंग्रह साक्षता भाग १ र भाग २ को आज राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । गीतकार डा.कृष्णहरी बरालको आतिथ्यतामा साक्षात्–१, साक्षत्–२ को लोकार्पण गरिएको हो । कार्यक्रममा गीतकार भावेश भुमरी, संगीतकार सन्तोष श्रेष्ठ, चलचित्र पत्रकार शान्तिप्रिय, साहित्यकार नेत्र एटम लगायतको उपस्थितिमा भएको उक्त कार्यक्रमको सभापतित्व भने गीतकार प्रणिता चामलिङले गरेकी थिइन् । सुरप्रभा म्यूजिकले बजार प्रबद्र्धन गरेको साक्षत् एल्बमको गीतसंगीतको सम्पूर्ण संयोजन भने गीतकार भावेश भुमरीले गरेका हुन् ।