Thu. Apr 25th, 2024

विराटनगर, २६ माघ । निलो चलचित्र (ब्लु फिल्म) कपी गरी बिक्री वितरण गर्ने ५ जनालाई मोरङ प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरेको छ । स्थानीयबाट गुनासो आएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । ग्राहक बनेर गएका प्रहरीले तीन वटा भिडियो पार्लरबाट उनीहरुलाई अश्लिल भिडियोका सिडी, कपी गर्न प्रयोग गरिने सिपियु, डीभिडी प्लेयर, डीभिडी रोमसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा आनन्द भिडियो सेन्टरका राजेशकुमार अटल, विराट भिडियो सेन्टरका रुपेशकुमार मण्डल, ओस्कर भिडियो सेन्टरका उमेश भगत, अर्जुन शर्मा र जगनाथ यादव छन् । उनीहरुको पसलबाट ७ सय १० थान सिडी बरामद गरिएको प्रहरीले जनाएको छ ।
फक्राउ परेकालाई समाजमा विकृति तथा विसंगति फैलाएको आरोपमा सार्वजनिक अपराध ऐनअनुसार कारबाही चलाइएको मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए । ‘काठमाडौबाट साढे १४ रुपैयामा सिडी ल्याउँछौ र २५ रुपैयाँसम्ममा बिक्री गछौं’ पक्राउ परेका मध्ये आनन्द भिडियो सेन्टरका राजेशकुमार अटलले भने, ‘उमेर पुगेका र अधवैशे युवाले बढी मात्रामा सिडी खरिद गरेर लैजाने गरेका छन् ।’ उनका अनुसार दैकिक ४०÷५० वटा त्यस्तो अश्लिील सिडी बिक्री हुने गरेको छ ।
कमाण्डर पोष्टबाट

%d bloggers like this: