Thu. Apr 25th, 2024

काठमाडौ, २७ माघ । नेपाली फिल्म ‘ढुवानी’ मा उत्तेजक आइटम नम्बर गरेर चर्चामा आएकी अर्चना गेलाल अब बंगली फिल्ममा देखिने भएकी छन् । छोटो समयमै ‘आईटम गर्ल’ का रुपमा चिनिएकी अर्चनाले बंगली फिल्म ‘सादा कालो आकाशेर क्यानभासे’ अर्थात ‘मायाको परिचय’ मा मुख्य भूमिकामा अभिनेत्रीमा देखिने भएकी छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्चनाले ‘सादा कालो आकाशेर क्यानभासे’ फिल्ममा साइन गरिन् । उक्त फिल्मको निर्देशन बंगलादेशी निर्देशक तनविन रफिकले गर्न लागेका हुन् । यो फिल्मको करिब ६० प्रतिशत सुटिङ नेपालमै हुने बताइएको छ । अर्चना एकमात्र नेपाली कलाकार रहने यस फिल्मकाा अन्य सबै बंगाली कलाकार बंगाली हुने छन् ।
मर्चदेखि छायांकन गरिने भनिएको यस फिल्म स्टारडम इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको हो । अर्चनाले बंगाली चलचित्रमा अभिनय गर्न पाउँदा आफूलाई निकै खुसी लागेका बताइन् ।उनले भनिन्, ‘चलचित्रमा जति सक्दो राम्रो काम गर्ने प्रयास गर्नेछु ।’
त्यस्तै, सोही टिमले अर्को प्रोजेक्ट पनि स“गस“गै सुरु गर्ने जनाएको छ । निर्माणपक्षका अुनुसार ‘गुड इभिनिङ् काठमाडौ’ काठमाडौ्रमा छायांकन गरिने छ । निर्देशक तरविन रफिक बंगलादेशी टेलिभिजन सिरियल तथा म्युजिक भिडियोका ख्यातिप्राप्त निर्देशक हुन् ।

%d bloggers like this: