Fri. Mar 29th, 2024

लण्डन, २६ माघ । कोलम्बियन पप स्टार शाकिराको हालै रिलिज भएको म्युजिक भिडियो ‘क्या नट रिमेम्बर टु फोरगेट यु’ का कारण आलोचित बनेकी छन् । हालै रिलिज भएको उक्त म्युजिक भिडियोमार्फत समलिंगी सेक्सलाई बढावा दिएको शाकिरामाथि आरोप लागेको छ ।
कोलम्बियाका एक सांसदले उक्त भिडियोलाई त्यहाँको राष्ट्रिय टेलिभिजन च्यानलमा प्रतिबन्द गर्न माग गरेका छन् । उक्त म्युजिक भिडियोमा ३७ वर्षीया शाकिरा र भिडियोकी मोड एउटै बेडमा उत्तेजक भएर सिगारले तानिरहेको देखिन्छ भने उनीहरुले लगाएको कपडा निकै पारदर्शी छ । सो भिडियोमा देखाइएको क्रियाकलापले कोलम्बियन युवामाथि नकरात्मक असर पर्ने तथा समलिंगी र अनैतिकताको बढावा दिएको बताइएको छ ।
धुमपान र भल्गारिटी प्रदर्शनले युवा मानसिक तथा स्वास्थ्यमाथि समेत खेलबाड गर्ने भन्दै सांसद मार्को फिदेल रामिरेजले बिरोध जनाएका हुन् । तर यसरी तिव्र विरोधसँगै सो म्युजिक भिडियो विश्वका युवामाझ चर्चामा आइरहेको छ ।

%d bloggers like this: