Fri. Apr 19th, 2024

काठमाडौं, २७ माघ । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा पुगेका नेपाली स्रष्टाहरुको सिर्जनाहरुलाई समेटेर तयार पारिएको गीतिसंग्रह साक्षता भाग १ र भाग २ को आज राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । गीतकार डा.कृष्णहरी बरालको आतिथ्यतामा साक्षात्–१, साक्षत्–२ को लोकार्पण गरिएको हो । कार्यक्रममा गीतकार भावेश भुमरी, संगीतकार सन्तोष श्रेष्ठ, चलचित्र पत्रकार शान्तिप्रिय, साहित्यकार नेत्र एटम लगायतको उपस्थितिमा भएको उक्त कार्यक्रमको सभापतित्व भने गीतकार प्रणिता चामलिङले गरेकी थिइन् । सुरप्रभा म्यूजिकले बजार प्रबद्र्धन गरेको साक्षत् एल्बमको गीतसंगीतको सम्पूर्ण संयोजन भने गीतकार भावेश भुमरीले गरेका हुन् ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै गीतकार भावेश भुमरीले साक्षात एल्बम तयार पार्दाको अनुभव सुनाउँदै उचित मुल्यमा स्रष्टाहरुको समवेदना बुझेर काम गरेको बताएका थिए । एल्बमको काम गरिरहेको बेला धेरै अप्ठ्याराहरु सामना गनुपरेको बताउँदै मगरको छोराले विदेशमा रहेका गीतकारको पैसा खायो भन्ने आरोप लगाउनेहरुका सामु आफूले सम्पूर्ण हिसाब देखाउन तयार रहेको बताएका थिए । भुमरीले विदेशमा छरिएर रहेका स्रष्टाहरुलाई एकै ठाउँमा केन्द्रित बनाउनका लागि आफूले प्रयास गरेको बताउँदै स्रष्टाको सिर्जनामा प्रोत्साहन दिनुपर्ने बताएका थिए । त्यस्तै कार्यक्रममा दुर्लभ गीतकारहरुलाई एक ठाउँमा जुटाउने प्रयास गरेकामा स्रष्टा र सिर्जनाको भावना बुझेर गीतकार भावेश भुमरीले काम गर्नुभएको बताउँदै संगीतकार सन्तोष श्रेष्ठले अरु विधाका कुनै पनि स्रष्टा वा कलाकार आफ्नो क्षेत्रको मान्छेको प्रशंसा गर्दैनन् तर भावेश भुमरी मात्र यस्तो गीतकार हुन् जसले गीतकारकै लागि सहयोग गरिरहनुभएको छ भने । श्रेष्ठले गीतकारले गीतकारको संरक्षण, सहयोग र प्रोत्साहन गरेको देखेर आफूलाई अचम्म लागेको बताएका थिए ।
हामी सबैले मेहनत गरेका कारण यो एल्वम सफल हुनेछ, संगीतकार सन्तोष श्रेष्ठले भने । त्यस्तै साहित्यकार नेत्र एटमले गीतमाथि समिक्षा गर्दै शब्द पढेर गरेको समिक्षा ग¥यो भने गीतमाथी अन्याय हुने बताएका थिए । गीत पढ्दा असहज लागेका गीत पनि संगीतमा सुन्दा सहज र कर्ण प्रिय लाग्दा रहेछन एटमले भने त्यसैले कर्णप्रिय गीतहरुको संयोजन भएको छ साक्षात्–१, साक्षात्–२ एल्बममा । उक्त अवसरमा गीतकार डा.कृष्णहरी बराललाई सम्मानसमेत गरिएको थियो ।
सुरप्रभा गीत संगीत प्रा ली ले बजारमा ल्याएको सो दुबै एल्वममा गरेर जम्मा १६ गीत समावेश गरिएको छ । पद्मा लिँखा मगर, जीत कर्ण राई,डि बि राई, विकाश बिष्ट, निर्मला मादेन, अमृता मादेन, समिर आचार्य, भावेश भुमरी लागाएतका गीतकारका गीत समेटिएको ‘हाम्रो साक्षात भाग १’ मा संगीतकार संतोष श्रेष्ठ, दिनेश सुब्बा, अविद, पविधन खालीङलगायतका संगीतकारको संगीत समेटिएको छ । अन्जु पन्त, स्वरुपराज आचार्य, उदय सोताङ, रिमा गुरुङ, मेश सेवा, कर्म ग्याल्छेनलगायतका गायक गायिकाले आवाज भरेको ‘हाम्रो साक्षत भाग १’ मा ८ गीत समाविष्ठ गरिएको छ ।
त्यसैगरी ८ वटै गीत समावेश गरिएको ‘हाम्रो साक्षात भाग २’ मा प्रणिता चामलिङ, सतिश त्रिपाठी, अमृता मादेन, अञ्जना मुना, युवराज गुरुङ, लाल राना, डि बि राई, लक्ष्मि राई‘सरगम’ लगाएतका गीतकार समेटिएका छन् । संगीतकार प्रदिप क्षेत्री, अविद, सन्तोष श्रेष्ठ र रोशनराज गुरुङको संगीत समावेश रहेको यस एल्वममा मेश सेवा, स्वरुपराज आचार्य, अन्जु पन्त, कर्मग्याल्छेन, प्रमोद खरेल र बानिका प्रधानको स्वर समेटिएको छ ।

%d bloggers like this: