फ्राइडे रिलिज : झोलेको अगाडि सम्राट
शुक्रबारदेखि दुई नेपाली चलचि त्र दर्शकसमक्ष आउँदै छ । दीपेन्द्र के.खनाल निर्देशित ‘झोले’ र ‘सम्राट’ प्रदर्शनमा आउन लागेको हो । ‘झोले’ डार्क कमेडी चलचित्र हो ।
शुक्रबारदेखि दुई नेपाली चलचि त्र दर्शकसमक्ष आउँदै छ । दीपेन्द्र के.खनाल निर्देशित ‘झोले’ र ‘सम्राट’ प्रदर्शनमा आउन लागेको हो । ‘झोले’ डार्क कमेडी चलचित्र हो ।
साता दिनयता बलिउडमा बच्चन परिवारको झगडाको समाचार भुसको आगोझै सल्किरहेको छ । बलिउडका बच्चन स्टार अभिताभ, अभिषेक र ऐश्वर्या राय बच्चन मात्र नभइ जया बच्चन पनि झगडामा मुछिएकी छन् । भनिन्छ, पछिल्लो समय सासु–बुहारी जया र ऐश्वर्याबीच टकराव छ । समाचारमा जनाइएअनुसार ऐश्वर्या आफ्नो सासु–ससुरासँग बस्न रुचाउँदिनन् किनकि, उनलाई सास–सुसुराले रोकतोक गरेको मनपर्दैन ।
दुई निर्माता बिच प्याचअप
मित्रता अनि सम्बन्ध भनेको अटुट एबम सर्बोपरि हुन्छ । कोहि पनि लामो समय सम्म सत्रु भइ टाडा अनि मित्र भई साथ रहन सक्दैन ।
यो कुरालाई निर्माता द्वोय सुनिल रावल अनि मोहन डोटेलले पुस्टि गरेका छन्।
गायिका निशा सुनार र शंकर विसी लिभिङ टुगेददरलाई विवाहमा परिणत गरेको केही समय बितिसकेको छ । तर, उनीहरु आफूहरुबिचको सम्बन्धबारे खुल्न चाहदैनन् । केही समयअघि अमेरिका पुगेकी निशाले भने शंकरसँगको सम्बन्ध प्रष्ट्याएकी छिन् । अर्थात् उनले विवाहको तस्बिर सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएकी हुन् । उनले सार्वजनिक गरेका विवाहका तस्बिरमा शंकरले सिउदो भरेकोदेखि निशाले मण्डपबाटै अथिति सत्कार गरेकोसम्म छन् ।
चलचित्र ‘बधशाला’ निर्माण गर्ने स्म्यासिङ एप्पलले ‘ताण्डव’ निर्माण गर्ने भएको छ । यसअ ि‘सिक सिटी’ निर्देशन गरेका ब्रिटिस नागरिक मुर्रे केरले ‘ताण्डव’ को बुधबार एक औपचारिक कार्यक्रमबीच घोषणा गरे । चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठ चर्चित ब्याटल र्याप गायक लाहुरे आशिष रानासँग मिलेर ताण्डव मच्चाउने भएका छन् ।
ब्रिटिस पप गायिका सेलना गोमेज केही समययता आफूलाई बदल्ने प्रयासमा छिन् । मानसिक तनाव बिर्सन उनले रिलेक्सको बाटो रोजेकी छन् । यी गायिका सोमबार राती लन्डनको एक रेष्टुरेन्टमा भेटिइन् जहाँ उनी आफ्ना साथी समन्था ड्रोकसँग डिनरका लागि पुगेकी थिइन् । कालो रंगको छोटो शर्ट र स्लिम लेग्सले सेलेना निकै सुन्दर देखिएकी थिइन् । अचानक भेटेका फोटोग्राफरलाई उनले खुसीका साथ पोज दिइन् । see more
आफू निर्मित चलचित्र ‘वरदान’ पछि अभिनयबाट ओझेल परेकी अभिनेत्री रेजिना उप्रेतीले आफ्नै लागि वर पाएकी छन् । रेजिनाले चाँडै लगनगाँठोमा कसिँदैछिन् । रेजिनाले केही वर्षदेखिको प्रेमसम्बन्धलाई फागुन १० गते बिबाहमा परिणत गर्न लागेकी हुन् । लण्डन निवासी युवक सुरज पोखरेलसँग विवाह गर्न लागेको बताएकी छिन् ।
सन् २०१३ को अन्तिम दिन अर्थात् डिसेम्बर ३१ देखि ‘वायुभन्दा माथि’ शीर्षकको चलचित्र चीनभरि औपचारिक रूपमा देखाउन थालिएको छ । यस चलचित्रलाई चीनका युवा निर्देशक थङ्ग व्हा थाउ र ताइवानमा पुरस्कार पाएकी वरिष्ठ पटकथा लेखिका पाउ चिङ्ग चिङ्गले संयुक्त रूपमा बनाएका हुन् । चिनियाँ चलचित्र मञ्चमा रहेका दुईजना सक्रिय युवा अभिनेता चिङ्ग पो रान र युवा अभिनेत्री नी नीले चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । नेपालमा सुटिङ गरिएको यस चलचित्रले चीनमा अहिले लोकप्रियता कमाइरहेको छ । see more
केही दिनअघि मात्रै दशजना फिल्कर्मीले फिल्म वितरण पनि थाल्ने घोषणा गरेका थिए । फिल्म वितरणलाई ब्यबस्थित गर्दै जाने भन्दै ‘पपकर्न’ नामक फिल्म वितरण संस्थामार्फत अघि बढ्ने बताएका थिए । यसैअनुरुप यही हप्ता रिलिज हुने फिल्म ‘झोले’लाई राजधानीमा वितरणको जिम्मा पपकर्नले लिएको थियो । यो हप्ता रिलिज अरु फिल्म पछि सरेर ‘झोले’को सोलो रिलिज हुने पक्का थियो । तर यही मितिमा लामो समयदेखि नेपाली फिल्मको वितरण गरिरहेका सुनिल मानन्धरले नेपाली–भोजपुरी भाषामा बनेको फिल्म ‘सम्राट’ रिलिज गर्न लागेका छन् ।
गायिका स्मिताको ‘स्मि’ बजारमा
गायिका स्मिता घिमिरेले बजारमा ‘स्मि’ नामक एल्बम लन्च गरेकी छिन् । काठमाण्डौको नक्साल बन्क्वेटमा हिजो आयोजित एक कार्यक्रममा एल्बमको बिमोचन गरिएको हो । बिमोचन गायक कुमार बस्नेतले गरेका थिए ।