Tue. Apr 23rd, 2024

मुम्बई, ८ फागुन (एजेन्सी) । साता दिनयता बलिउडमा बच्चन परिवारको झगडाको समाचार भुसको आगोझै सल्किरहेको छ । बलिउडका बच्चन स्टार अभिताभ, अभिषेक र ऐश्वर्या राय बच्चन मात्र नभइ जया बच्चन पनि झगडामा मुछिएकी छन् । भनिन्छ, पछिल्लो समय सासु–बुहारी जया र ऐश्वर्याबीच टकराव छ ।
समाचारमा जनाइएअनुसार ऐश्वर्या आफ्नो सासु–ससुरासँग बस्न रुचाउँदिनन् किनकि, उनलाई सास–सुसुराले रोकतोक गरेको मनपर्दैन । आफूलाई रोकतोक गर्दा आफ्नो भविष्य बिग्रने ऐश्वर्याको बुझाइ छ । तर, सासुले भने ऐश्वर्यालाई कन्ट्रोलमा राख्न चाहन्छिन् । बलिउडमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका बच्चन खानदानमा सल्केको सासु–बुहारीको झगडाको खबर मिडियामा समेत सल्किन थालेपछि अभिषेक चिन्तित भएको बताइन्छ । बाबु–छोरा अमिताभ र अभिषेकले सबै कुरा बकवास भन्दै आएका छन् । तर, घरभित्रको वास्तविकता लुक्न सकिरहेको छैन ।
केही दिनअघि एक रात्रि भोजमा ऐश्वर्या र अभिषेकबीच  झगडा भएपछि यी खानदानको टकरावका खबरले मिडियामा सनसनी मच्चाउँदै गएको छ । राति अबेरसम्म चलेको कक्टेल पार्टीमा ऐश्वर्या र अभिषेकबीच घम्साघम्सी परेको थियो । उनीहरु झगडा गरिरहँदा दुवै गम्भीर देखिएका थिए । मुम्बईको कफ परेडस्थित उद्योगपति अनिल अम्बानीको घरमा पार्टी चलिरहेको थियो, जहाँ ऐश्वर्या र अभिषेकबीच घरायसी झगडामा मस्त थिए ।
मुम्बईका उद्योगपति अम्बानीले आफ्नी आमा कोकिलाबेनको जन्मदिनको अवसरमा शनिवार राती पार्टी दिएका थिए । सो पार्टीमा बलिउडमा अधिकांश हस्ती सहभागी थिए । हजारौं पाहुना सहभागी रात्रि भोजमा बलिउल हस्ती अर्थात् पति–पत्नी अभिषेक र ऐश्वर्याबीचको झगडाले अरु रमिते बनेका थिए । उनीहरु किन र केका विषयमा झगडा गरे, त्यो खुल्न सकेको छैन । तर, ऐश्वर्या र अभिषेकबीच घम्साघम्सी परेकै हो ।
उक्त रात्रि भोजमा झगडा भएपछि जया र ऐश्वर्याबीच बोलचाल बन्द भएको बताइन्छ । तर, कुरा यतिमै, सिमित छैन । समाचारमा जनाइएअनुसार पछिल्लो केही महिनायता जया आफ्नी बुहारी ऐश्वर्याप्रति कडा रुपमा प्रस्तुत हुन थालेकी छिन् । जया आफ्नी बुहारी ऐश्वर्या आफ्ना छोरा अभिषेकबाहेक अरुसँग कुरै नगरोस् भन्ने चाहन्छिन् । तर त्यो सम्भव छैन ।
पूर्वमिस वल्र्डसमेत रहेकी ऐश्वर्या बलिउडकी गन्यमान्य अभिनेत्री पनि हुन् । त्यसैले उनका पछाडि पत्रकार भइरहेको हुन्छ । तर ऐश्वर्याले पत्रकारसँग खुलेर कुराकानी गरेको समेत जयालाई मन पर्दैन । कुरा सातादिन अघिको हो । जयाकै अगाडि एक पत्रकारले ऐश्वर्यालाई ‘ऐश’ भनेर बोलाएका थिए । त्यो कुरा सुनेपछि जयाले तुरुन्तै ती पत्रकारलाई थर्काएका थिए । लामो समयदेखि चिन्दै आएका पत्रकारले आफूलाई ऐश भनेर बोलाउँदा सासुले गाली गरेपछि त्यही नै सासु–बुहारीको भनाभन चलेको थियो । बचचन परिवार निकट सुत्रका अनुसार अम्बानीको पार्टीमा ऐश्वर्या र अभिषेकको झगडाको कारण पनि त्यही नै थियो जहाँ थुप्रै पत्रकार पनि सहभागी थिए ।

aish+jaya

%d bloggers like this: